मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण १८ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १८ सोमबार ११:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १८ सोमबार ११:३५:oo

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। आज ३ बजेलाई निर्धारित बैठक स्थगित भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। 

अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो। नेताहरूको व्यस्तताका कारण बैठक स्थिति गरिएको जनाइएको छ।

आज बस्ने भनिएकाे बैठकबाट माओवादीले सरकारमा जाने नेताहरूको नाम टुंग्याउने तयारी गरेको थियो। मन्त्रीका आकांक्षी धेरै हुँदा माओवादीले मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन। यसअघि माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री भइसकेका छन्।