१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महाकालीमा युवक बेपत्ता : छानबिन गर्न माधव नेपालको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:११:oo

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् । राजधानीमा शनिबार आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेपालले घटनामा संलग्नलाई कारबाही गर्न भारत सरकारको पनि ध्यानाकर्षण गराए ।

उनले भने ‘महाकाली नदीमा भएको घटना हामीले सुन्यौँ । त्यो घटना अमानवीय देखियो भनेर आएको छ । त्यसको छानबिन गरियोस् । ती व्यक्तिहरू, उनीहरूको बदमासीले होस् वा लापरबाहीले होस्, जुनसुकैै कारणले पनि एउटा नेपाली युवा पानीमा बेपत्ता भएको सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र, म नेपाल सरकारले तत्काल यो कुरा उठाउने काम गरोस् भनेर ध्यानाकर्षण गराउन चाहन्छु ।’

एसएसबीले डोरी काटेपछि तुइन तर्दै गरेका नेपाली युवा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन् । उनको अवस्था अझै अज्ञात छ ।

नेपालले आफू विचारमा अडिग भएर उभिएको भन्दै वैचारिक अडानका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेतृत्व अराजक ढंगले नचलोस् भन्नेमा सचेत रहन पार्टीका कार्यकर्ताहरूलाई आग्रह पनि गरे ।

यो पनि पढ्नुस् 
सीमामा एसएसबीको अपराध : तुइन तर्दै गरेका नेपाली युवा एसएसबीले डोरी काटेपछि महाकालीमा बेपत्ता
 

ad
ad