१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १६ शनिबार १७:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुवास नेम्वाङको ब्रिफिङपछि एजेन्डामा प्रवेश नै नगरी एमाले बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १६ शनिबार १७:३५:००

एमाले स्थायी कमिटी बैठक एजेन्डामा प्रवेशै नगरी स्थगित भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा शनिबार दिउँसो बसेको स्थायी कमिटी बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको हो । 

बैठक सुरु हुनासाथ ओलीले विघटित कार्यदलमा भएको प्रगतिबारे जिज्ञासा राखेका थिए । शनिबार मात्रै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विघटित कार्यदलका सदस्यहरूसँग भएको छलफलबारे ओली पक्षीय संयोजक सुवास नेम्वाङले जानकारी गराएका थिए । नेम्वाङले कार्यदलमा छलफल सकारात्मक भएको र भीम रावलसहितका नेताहरू नेपाललाई भेट्न कोटेश्वर गएको भन्दै पार्टी एकताका लागि बैठक सार्न सुझाब दिएका थिए । 

नेम्वाङको ब्रिफिङपछि ओलीले बैठक आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गराएका छन् । नेम्वाङले नयाँ पत्रिकासँग भने ‘मैले विघटित कार्यदलमा भएको सहमतिबारे बैठकमा जानकारी गराएँ । कार्यदलमा भएको छलफल र नेताहरू नेपालनिवास गएको विषय राखेपछि बैठक आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।’