१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
एजेन्सी टोकियो
२०७८ श्रावण १२ मंगलबार ०९:२३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टोकियो ओलम्पिक : पाँचपटककी स्वर्ण विजेता स्तब्ध

Read Time : < 1 मिनेट
एजेन्सी टोकियो
२०७८ श्रावण १२ मंगलबार ०९:२३:००

अमेरिकी महिला पौडीबाज काटिए लेडेस्की टोकियो ओलम्पिकअन्तर्गत चार सय मिटर फ्रिस्टायल स्पर्धामा रजत पदकमै सीमित भएकी छिन् । उनले ओलम्पिकमा पाँचपटक स्वर्णपदक जितेकी छिन् ।

ओलम्पिकमा पाँच स्वर्णपदकधारी खेलाडी लेडेस्कीलाई अस्ट्रेलियन अरिआर्ने टिमुसले स्तब्ध बनाएकी हुन् । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक स्वर्ण भिडन्तमा अरिआर्नेले लिडेस्कीलाई केवल ०.६६ सेकेन्डले निराश बनाइन् । 

अरिआर्नेले अन्तिम ५० मिटरको दूरीमा अग्रता बनाइन् । टोकियोको अक्वास्ट्रिक सेन्टरमा अरिआर्नेले अन्तिम ल्यापमा उत्कृष्ट प्रदर्शन गरिन् । उनले स्वर्णपदक हात पार्दा अचम्म परेको बताएकी छिन् । ‘मलाई विश्वास नै लागेको छैन, यो स्वर्णपदक जितेको क्षणको बयान गर्न सक्दिनँ,’ उनले भनिन् ।

अरिआर्ने र लेडेस्कीबीच अब आठ सय तथा दुई सय फ्रिस्टायलमा पनि प्रतिस्पर्धा हुनेछ । चार सय मिटर फ्रिस्टायलमा हारको बदला लिने अवसर लेडेस्कीले लिएकी छिन् । 

अक्वास्ट्रिक सेन्टरमा विश्व च्याम्पियन खेलाडी परास्त भएपछि अरिआर्नेकी प्रशिक्षक डिएन बोक्सलको खुसी सीमा रहेन । प्रशिक्षक डिएनले सामाजिक सञ्जालमा करिअरकै उत्कृष्ट जित र क्षण भएको बताएका छन् । ‘यतिवेला स्विमिङ पुलमा अस्ट्रेलियाले बाजी मारेको छ,’ प्रशिक्षक डिएनले भने ।

२० वर्षीया अरिआर्नेले प्रशिक्षक डिएनको मिहिनेतविना इतिहास रच्न असम्भव भएको बताइन् । ‘यो कीर्तिमान रच्नुको पछाडि प्रशिक्षक डिएनको मुख्य भूमिका छ,’ उनले भनिन्, ‘मैले आफूलाई संयमित रूपमै राखेँ, अन्तिम ल्यापमा स्पिड लिएँ ।’