१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
टोकियो
२०७८ श्रावण १२ मंगलबार ०९:१७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टोकियो ओलम्पिक : १३ वर्षकै उमेरमा निसिया स्वर्ण विजेता

Read Time : > 1 मिनेट
टोकियो
२०७८ श्रावण १२ मंगलबार ०९:१७:००

जापानकी १३ वर्षीया मोमिजी निसियाले ओलम्पिक खेलकुद इतिहासमा नयाँ इतिहास रचेकी छिन् । टोकियोमा सञ्चालन भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकमा निसियाले महिला स्केट बोर्डिङमा शीर्ष स्थानमा रहँदै ओलम्पिक इतिहासमै सबैभन्दा कान्छी खेलाडीका रूपमा स्वर्ण जित्ने रेकर्ड बनाएकी हुन् । यो इभेन्ट्सको रमाइलो पक्ष के रह्यो भने शीर्ष तीन स्थानका खेलाडीको औसत उमेर १४ वर्ष १९१ दिन रह्यो । रजत जितेकी ब्राजिलियन रायस्सा लिअल पनि १३ वर्ष र कास्य हात पारेकी जापानकै नाकायामा फुन १६ वर्षका हुन् । 

जापानकी १३ वर्षीया मोमिजी निसिया ओलम्पिक खेलकुदमा सबैभन्दा कम उमेरमै स्वर्ण जित्ने खेलाडी बनेकी छिन् । स्केट बोर्डिङ इभेन्ट्सको अन्तिम चरणमा उनले सर्वाधिक १५.२६ स्कोरका साथ स्वर्ण हात पारेकी हुन् । सन् १९३६ मा मार्जोरी गेस्ट्रिङले १३ वर्ष दुई सय ७८ दिनमा स्वर्ण जितेकी थिइन् । मार्जोरीको रेकर्ड निसियाले तोडिन् । 

यस इभेन्ट्समा जापानकै १२ वर्ष ३४३ दिनकी कोकोना हिराकीले पनि प्रतिस्पर्धा गरेकी थिइन् । बेलायतको ओलम्पिक इतिहासमा सबैभन्दा कान्छी ओलम्पियन खेलाडीकी रूपमा स्काई ब्राउनले नाम लेखाइन् । निसिया सहभागी इभेन्ट्समै ब्राउनले प्रतिस्पर्धा गरेकी हुन् । ब्राउनको उमेर १३ वर्ष २८ दिन रहेको छ । निसियाले अन्तिम चरणमा सनसनी खेल प्रदर्शन गरेपछि स्वर्णपदक पक्का पारिन् । 

उर्वान स्पोट्र्स पार्कमा ब्राजिलियन खेलाडी रायस्सालाई उपाधि दाबेदार खेलाडीका रूपमा हेरिएको थियो । फर्ममा रहेकै कारण उनलाई स्वर्णपदक जित्ने खेलाडीकै रूपमा विश्लेषण गरिएको हो । टोकियोमा सोमबार युवा महिला खेलाडीहरूले सनसनी मच्चाएको तस्बिर कैद गर्न अन्तर्राष्ट्रिय मिडिया झुम्मिएका थिए । स्केट बोर्डिङमा स्टेयर्स, रेल्स,राम्प्स तथा एथलेटिक्स चरण छन् । यी दुवै चरणमा खेलाडीले ४५ सेकेन्डभित्र आफ्नो कला प्रस्तुत गर्नुपर्छ । 

प्रत्येक चरणमा निर्णायकहरूले अधिकतम १० स्कोर दिने गर्छन् । यी सबै चरणमा निसियाले ब्राजिलियन खेलाडीलाई पछि पारिन् । अन्तिम चरणमा रायस्सा लड्न पुगिन् । रायस्साको एउटा गल्तीमा निसियाले ओलम्पिक इतिहासमा सबैभन्दा कान्छी खेलाडीका रूपमा स्वर्ण जित्ने अभियान बलियो बनाइन् । अन्तिम चरणमा निकै संयमित हुँदै निसियाले ड्रोपिङ लिप गर्दै इतिहास रच्न सफल भइन् । 

निसियाले पहिलो दुई चरणमा असामान्य गल्ती गरेकी थिइन् । अन्तिम चरणमा उनले १५.२६ स्कोर गर्दा स्वर्ण पक्का पारिन् । ब्राजिलकी रायस्सा १४.६४ स्कोरका साथ रजत पदकमा सीमित भइन् । तेस्रो स्थानको दाबेदारी दिएकी नाकायामा त्यत्तिकै दबाबमा देखिइन् । उनले अघिल्लो चरणमा गल्ती गरेकी थिइन् । निर्णायक चरणमा गल्ती गर्दा नाकायामाको कास्य जित्ने सपना तुहिन सक्थ्यो । यद्यपि पुलमा लडेकी नाकायामाले उत्कृष्ट कमब्याक गरिन् । 

ओलम्पिक इतिहासमा मार्जोरी गेस्ट्रिङले सन् १९३६ मा १३ वर्ष दुई सय ७८ दिनमा स्वर्ण जितेकी थिइन् । मार्जोरीको रेकर्ड निसियाले तोडेकी छिन् । मार्जोरी भन्दा निसियाको उमेर ६३ दिनले कम हो । आयोजक जापानले ओलम्पिकमा पहिलोपटक यो खेल समावेश गरेको हो । 

निसियाको रेकर्ड अझै पनि सुरक्षित छैन । यसै इभेन्ट्सको अर्को खेलमा जापानकै कोकोनाले प्रतिस्पर्धा गर्दै छिन् । कोकोनाले स्वर्णं जित्दा निसियाको रेकर्ड भंग हुनेछ । पहिलोपटक समावेश खेल स्केट बोर्डिङमा सहभागी जनाइरहेका अधिकांश खेलाडी युवा नै छन् ।