पार्टी एकताको जिम्मा अध्यक्ष ओलीलाई दिने एमाले केन्द्रीय कमिटीको निर्णय

बिहिबार, ७ साउन, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटीले पार्टी एकताको जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिन अध्यक्ष ओलीलाई जिम्मेवारी दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

पार्टी एकताका लागि आममाफी दिएर भए पनि धेरै व्यक्तिलाई समेट्ने प्रयास भइरहेको ज्ञवालीले बताए । विघटित कार्यदलको बैठकमा निरन्तर छलफल जारी रहेको पनि उनले बताए । 

ज्ञवालीले भने, ‘कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष बैठकले निकालेको छ । अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताउनुभएको छ । छलफल चलिरहेकाले यसबारेमा अरू निर्णय गरेका छैनौँ ।’

सुझावित समाचार