१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बेलहिया नाकाबाट तीन महिनामा ३७ हजार बढी भारत प्रवेश

दैनिक ८ सयको हाराहारीमा भारत जान्छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:४o:oo

कोरोनाका कारण भारतबाट स्वदेश फर्किएका प्रवासी नेपालीहरू रोजगारीका लागि पुनः भारत जान थालेका छन् । रुपन्देहीको बेलहिया नाका भएर यतिवेला दैनिक ६ सयदेखि ८ सयको हाराहारीमा नेपालीहरू भारत प्रवेश गर्ने गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले बताए । 

बैशाख १ गतेदेखि असार मसान्तसम्म ३७ हजार ४ सय ६७ जना रोजगारीका लागि बेलहीया नाकाबाट भारत प्रवेश गरेका छन् । त्यसैगरि सोहि समयमा भारतबाट २२ हजार ४ सय ३१ जना नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहीयाले जनाएको छ ।

 

वैशाख–जेठमा भन्दा अहिले असार सुरु भएपछि भारत जाने क्रम बढेको उनले बताए । नेपालमा असारको पहिलो हप्ताबाट लकडाउन खुकुलो भएसँगै रोजगारीमा जानेहरू बढ्न थालेको प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।

अहिले भारतबाट नेपाल प्रवेश गर्नेको संख्या भने दैनिक दुईदेखि तीन सयको हाराहारीमा रहेको छ । अघिल्लो वर्षको कोरोनाको पहिलो चरणमा नेपालबाट भारततर्फ ६९ हजार सात सय ५४ जना गएका थिए भने भारतबाट नेपालतर्फ ६८ हजार चार सय ४६ जना प्रवेश गरेका थिए । यो तथ्यांक कोरोनाको पहिलो चरण अर्थात्  २०७६ चैत्र १ गते देखि २०७७ पुस २० गतेसम्मको तथ्यांक रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले जानकारी दिए ।
 

ad
ad