१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १४:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्णाली करिडोरको  खुलालु–लैफु–सल्लीसल्ला सडक हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:o६:oo

नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोर खुलालु–लैफु–सल्लीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गत हिल्सा–सिमकोट योजनालाई हस्तान्तरण गरेको छ । रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाको जिम्मेवारीमा रहेको कर्णाली करिडोर सडक निर्माण कार्यदलले निर्माणाधीन कर्णाली करिडोर खुलालु–लैफु–सल्लीसल्ला सडक आयोजनाको सेनाले जिम्मा लिएको थियो  । 

०७१ चैत ९ गते निर्माण सुरु भएको एक सय २२ दशमलव ७५ किलोमिटर सडक निर्माण सम्पन्न गरी नेपाली सेनाले हिल्सा–सिमकोट सडक योजनालाई हस्तान्तरण गरेको कर्णाली करिडोर सडक निर्माण कार्यदलका मेजेर मिलन कार्कीले जानकारी दिए । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– १ खुलालु–लैफु हुँदै बाजुरा जिल्लाको सीमा लैफुडाँडादेखि हुम्लाको सल्लीसल्लासम्म सम्पन्न सडक निर्माण कार्य सम्पन्न गरी हिल्सा,सिमकोट योजना प्रमुख विसुनदास लामालाई हस्तान्तरण गरेको निर्माण कार्यदलका मेजर कार्कीले नयाँ पत्रिकासँग भने । 

हिल्सा–सिमकोट सडक योजना कार्यालय हुम्ला योजना प्रमुख, बाजुरा हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्र मल्ल र स्थानीय जनता भेला भई सडक हस्तान्तरण गरेको निर्माण कार्यदलका मेजर कार्कीको भनाइ छ ।

कर्णाली करिडोर खुलालु–लैफु–सल्लीसल्ला सडक हस्तान्तरणका क्रममा बोल्दै हिल्सा–सिमकोट सडक योजनाका प्रमुख विसुनदास लामाले खुलालुदेखि सल्लीसल्लासम्म एक सय २२ दशमलव ७५ किलोमिटर सडकको अध्ययन गरी बाह्रै महिना यातायात सञ्चालन गर्ने बताए । सडको स्तरोन्नति एवं पुल पुलेसोको निर्माण  कार्यलाई तीव्रता दिइने हिल्सा–सिमकोट सडक योजना प्रमुख लामाले बताए । नेपाली सेनालाई धन्यवाद दिँदै योजना प्रमुख लामाले हुम्लाको छारे चट्टान भिर कटान गर्नसमेत अनुरोध गरेका छन् ।

सेनाले हिल्सा–सिमकोट सडक योजनालाई सडक हस्तान्तरण गरेसँगै हुम्लाको चंखेली गाउँपालिकाको सल्लीसल्लासम्म यातायात सञ्चालन हुने भएका छन् । जिल्लाका चारवटा गाउँपालिका ताजाँकोट, अदानचुली चंखेली र सर्केगार्ड गाउँपालिका सडक सञ्जालसँग जोडिएका छन् । 

ad
ad