Skip This
एसइईको रिजल्ट नआउँदै कक्षा ११ मा प्रि–रजिस्ट्रेसनका नाममा भर्ना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार ११:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एसइईको रिजल्ट नआउँदै कक्षा ११ मा प्रि–रजिस्ट्रेसनका नाममा भर्ना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार ११:२६:oo

काठमाडौंका विद्यालयले एसइईको रिजल्ट नआउँदै कक्षा ११ मा ‘प्रि–रजिस्ट्रेसन’का नाममा धमाधम भर्ना गर्न थालेका छन् । विद्यालयले आन्तरिक मूल्यांकन गरी पठाएको नतिजा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी सार्वजनिक गरेपछि भर्ना गर्न पाउने भए पनि नाम चलेका विद्यालयहरूले भर्ना लिइरहेका हुन् । 

शिक्षा ऐन र नियमावलीअनुसार तल्लो कक्षा उत्तीर्ण नभईकन माथिल्लो कक्षामा भर्ना लिन पाइँदैन । तर, पछि विद्यार्थीलाई ‘होल्ड’ गर्न सीधै भर्ना नभनेर प्रि–रजिस्ट्रेसनका नाममा भर्ना गरिरहेका छन् । काठमाडौंको ग्लोबल कलेज अफ एसोसियट्सअन्तर्गतको ग्लोबल स्कुल अफ साइन्स म्यानेजमेन्टले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको फोटो राखेर प्रि–रजिस्ट्रेसनको आह्वान गरेको छ । ग्लोबल कलेज अफ म्यानेजमेन्टले समेत प्रि–रजिस्ट्रेसन शैक्षिक सत्र ०७८/७९ को भर्ना गरिरहेको छ । 

त्यसैगरी, गोल्डेनगेट इन्टरनेसनल कलेज, जेभिएर इन्टरनेसनल कलेज, नोबेल एकेडेमी, हिमालयन ह्वाइटहाउसलगायतका शैक्षिक संस्थाले प्रि–रजिस्ट्रेसनका नाममा विद्यार्थी भर्ना गरिरहेका छन् । कतिपयले वेबसाइटमा प्रवेश परीक्षाको तयारीको जानकारी गराएका छन् । अधिकांशले विभिन्न माध्यममा विज्ञापनसमेत गरेका छन् । हिसानका पदाधिकारीले सञ्चालन गरेका शैक्षिक संस्था प्रि–रजिस्ट्रेसन गर्नेमा अगाडि छन् । कक्षा ११ र १२ मा संकायको व्यवस्था नभए पनि निजी शैक्षिक संस्थाले विज्ञान, व्यवस्थापन, मानविकी, कानुन संकाय उल्लेख गरी प्रि–रजिस्ट्रेसनको विज्ञापन र भर्ना गरिरहेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले एसइईको रिजल्ट नआउँदै कक्षा ११ मा भर्ना लिन नमिल्ने बताए । ‘कानुनले तल्लो कक्षाको रिजल्ट नआई माथिल्लो कक्षामा भर्ना हुन नपाउने व्यवस्था गरेको छ,’ उनले भने, ‘प्रि–रजिस्ट्रेसन लिएको सुनिएको छ, हामीले अनुगमन गर्ने तयारी गरेका छौँ ।’ विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा भएकाले बढी सक्रियताको अपेक्षा भएको उनले बताए । 

हिसानका महासचिव लोकबहादुर भण्डारीले एसइईको नतिजा कहिले आउने भन्ने निश्चित नहुँदा विद्यार्थीहरू आत्तिएर कलेजको सम्पर्कमा आइरहेको बताए । कोभिडले निजी शैक्षिक संस्थाको अवस्था नाजुक रहेको र प्रतिस्पर्धामा अघि आउन प्रि–रजिस्ट्रेसनलाई विकल्पका रूपमा लिएको उनको भनाइ छ । अहिले विद्यार्थीको नतिजा कस्तो आउँछ भन्ने पूर्वानुमान गर्न पनि सकिने भएकाले विद्यार्थी प्रि–रजिस्ट्रेसन गरेको उनले बताए । 

ad
ad