१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o९:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जेलमा आलमलाई भेटे कारागार व्यवस्थापन विभागका महानिर्देशकले

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:२७:oo

कारागार व्यवस्थापन विभागका महानिर्देशक फणिन्द्रमणि पोखरेलले हत्या अभियोगमा ललितपुरस्थित नख्खु कारागारमा सजाय काटिरहेका कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई भेटेका छन् । कारागार स्रोतका अनुसार महानिर्देशक पोखरेलले एक सहयोगीसँगै कैद जीवन बिताइरहेका आलमलाई बिहीबार विशेष कक्षमा बोलाएर कुराकानी गरेका हुन् । भेटका क्रममा उनले आलमको हालखबर सोधेका थिए ।

स्रोतका अनुसार पोखरेल गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि आलमलाई भेट्न नख्खु पुगेका हुन् । ‘डिजी सा’बले एक सहयोगीसँगै आलमलाई भेटेर हालखबर सोध्नुभयो । यसक्रममा कारगारभित्र सजिलो÷असजिलो पक्षका विषयमा पनि दुईबीच कुरा भयो । र, गृहमन्त्रीको सन्देश पनि उहाँले सुनाउनुभयो,’ स्रोतले भन्यो । तर, महानिर्देशक पोखरेल आफू नख्खु कारागार नै नगएको नयाँ पत्रिकासँग दाबी गरे । ‘म नख्खु कारागार गएकै छैन । त्यसैले कसैलाई भेट्ने कुरा कसरी हुन्छ ?’ उनले नयाँ पत्रिकासँग भने ।

नख्खु कारगारका जेलर चिरञ्जीवी गिरीले भने महानिर्देशक पोखरेल कारगार पुगेको जानकारी दिए । नियमित भेटघाटका क्रममा महानिर्देशक पोखरेल नख्खु कारगार आएको उनको भनाइ छ । कैद जीवन बिताइरहेका आलमसँग भेट भए÷नभएको विषयमा भने जानकारी नभएको उनले बताए । ‘डिजी सा’ब कारागार आउनु भएको थियो । कैदीबन्दीका बारेमा उहाँले जिज्ञासा राख्नुभएको थियो । कारागार आउनु÷जानु नियमति प्रक्रियाभित्रै पर्ने विषय हुन् । यस क्रममा उहाँले क–कसलाई भेट्नुभयो ? यस विषयमा भने मलाई जानकारी भएन,’ उनले भने ।

रौतहटमा घटनाका साक्षीलाई धम्काउने क्रम बढ्दो 
बम विस्फोट, व्यक्ति हत्या तथा हातहतियार खरखजाना मुद्दामा पुर्पक्षका लागि नख्खु कारागार रहेका आफ्ताव आलमका समर्थकले रौतहट राजपुरस्थित गाउँमा घटनाका साक्षी धम्काउने कार्यलाई तीव्र बनाएका छन् । बिहीबार उनका समर्थकले राजपुर–४ का मेवालाल यादव र रामबहादुर साहलाई घरमै पुगेर ज्यान मार्ने धम्की दिएका थिए । ‘हाम्रो सरकार आएको र आलम छुटेपछि विपक्षमा बोल्नेलाई ज्यान मार्ने र गाउँ निकाला गर्ने’ भन्दै धम्की दिएका थिए । 

२७ चैत ०६४ साँझ राजपुरस्थित शेख इद्रिसको गाईगोठमा भएको बम विस्फोटका साक्षी हुन् यादव र साह । ‘आज बिहान नकावधारी केही व्यक्ति मेरो घरनजिक आए । म गाईगोठमा थिएँ । हाम्रो सरकार आएको छ । अब आलम कैदमुक्त हुन्छन् । उनको विरुद्धमा बोल्नेलाई अब गाउँ निकालिदिन्छौँ । ज्यान मारिदिन्छौँ भने । त्यसैले गाउँमा बस्न साह्रै डर लागेको छ,’ साहले नयाँ पत्रिकासँग भने । प्रधानमन्त्रीमा देउवा नियुक्त भएसँगै राजपुरमा समर्थकले आलम कैदमुक्त हुने भन्दै सोमबारदेखि दीपावली गर्दै आएका छन् । खुसियालीमा पटाका र बन्दुक पड्काउने गरिएको छ ।
 

ad
ad