मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७८ असार ३१ बिहीबार १०:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले १८ वटा बैठक अवरुद्ध पारेपछि मध्यरातमा कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७८ असार ३१ बिहीबार १०:३३:००

कर्णाली प्रदेश सभाको वर्षे (बजेट तथा नीति कार्यक्रम) अधिवेशनको अन्त्य गरिएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले बुधबार राति वर्षे अधिवेशन अन्त्य गरेको हो । 

असार १ गते बजेट ल्याएको कर्णाली प्रदेश सरकारले बजेट पास नहुँदै असार ३० गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको छ । बजेटमाथि छलफल गर्न बस्ने गरेका प्रदेश सभाका १८ वटा बैठक एमालेले अवरुद्ध पारेपछि अधिवेशनको अन्त्य गरिएको छ । अधिवेशनको अन्त्य भएसँगै कर्णाली प्रदेश सभाको बजेट पनि अन्याेलमा परेको । 

कर्णाली प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेश वा पेस्की बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी रहेको छ ।