१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १३:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:o९:oo

बैकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङले बेंसीसहर नगरपालिका– ३ घर भएका ४४ वर्षीय निर्मलकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

०७७ पुस २२ गतेदेखि फरार रहेका श्रेष्ठलाई मंगलबार बेंसीसहर नगरपालिका– ८ बाट पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उच्च अदालत पाटनको ०७७ पुस २२ गतेको फैसलाले सात दिन कैद र एक लाख ३७ हजार जरिवाना तोकेको थियो ।

अदालतको फैसलादेखि फरार रहेका उनलाई मंगलबार पक्राउ गरी लमजुङ जिल्ला अदालतबाट कैद भुक्तान गर्न कारागार लमजुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए ।

श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्याई रकमका चेकहरू काटेर दिएपछि बैकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो । 
 

ad
ad