मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असार २७ आइतबार ०८:५९:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

‘गण्डकी प्रदेश सरकार भ्रष्टाचारमा डुब्यो’

Read Time : < 1 मिनेट
२०७८ असार २७ आइतबार ०८:५९:००

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् । एमाले संसदीय दलको तर्फबाट शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

सरकारले १६ करोड रुपैयाँ गैरबजेटरी खर्च गरेको भन्दै त्यहीँबाट भ्रष्टाचारको सुरुवात गरेको उनको दाबी छ । गैरबजेटरी बजेट खर्चको विषयमा राज्यका सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्नेसमेत धारणा राखे । ‘गैरबजेटरी खर्च गर्नु भ्रष्टाचार गर्नु हो । यसमा सीधै भ्रष्टाचारको मुद्दा हुन्छ । यो पक्कै पनि सम्बन्धित निकायबाट अनुसन्धान हुनुपर्छ । उहाँहरूको सरकार भ्रष्टाचारको अभियानबाट सुरु भयो । यो कार्यकर्तालाई सीधा बाँडिएको हो । प्रत्येक जिल्लामा जिल्ला सभापतिहरूको सिफारिसमा एक–डेढ करोडका दरले बाँड्ने काम भएको छ,’ उनले भने ।