मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असार २३ बुधबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ असार २३ बुधबार १४:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिडविरुद्धको खोप आउन सकेन : जितेन्द्र देव (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असार २३ बुधबार १४:३९:oo

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिडविरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन् ।  राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रूपमा असफल भएको दाबी गरेका हुन् ।  उनले अपरिपक्व कूटनीतिका कारण सरकारका सबै कूटनीतिक प्रयासहरू असफल भएको टिप्पणी गरे । 

दक्षिण एसियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किमअन्तर्गत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिँदै उनले ‘सरकार किन फेल भयो’ भनी प्रश्न गरे । 

उनले भने, ‘नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रूपमा फेल भएको स्थिति छ । कूटनीतिक प्रयासहरू फेल भएकोे छ । यो कसरी भयो, किन फेल भयो ? ती देश र ती कम्पनीहरूसँगको नेपालको सम्बन्ध किन चिसो भयो ? नेपालको सरकारसँग किन डिल गर्न चाहेनन् ।  दक्षिण एसियाका चारवटा देशले ल्याउन सफल भए नेपालले ल्याउन सकेन । यो कुरा महसुस गर्ने कि नगर्ने ? यति कुरा भन्दैमा हामीलाई कुनै जनावरहरूसँग तुलना नगरियोस् । यो मेरो प्रश्न हो । फेल भएको हो कि होइन सरकार ? यो महसुस गर्ने कि नगर्ने ?’

राष्ट्रिय सभाकी सदस्य कोमल वलीलाई इंगित गर्दै उनले खोप किन आउन सकेन भनेर आफूले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसँग तुलना नगर्न पनि आग्रह गरे । ओलीले राष्ट्रिय सभाकाे सोमबारको बैठकमा सरकारविरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिदै व्यंग्य कविता वाचन गरेकी थिइन् ।