मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असार २३ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २३ बुधबार १o:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाकिस्तानमा नेपाली राजदूत सक्रिय : संसद्को परराष्ट्र समिति सभापतिसँग भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २३ बुधबार १o:३५:oo

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले मंगलबार पाकिस्तानी संसद्को परराष्ट्र मामिला समिति सभापति शेरी रेहमानसँग भेटवार्ता गरेका छन् । पाकिस्तानका परराष्ट्रमन्त्री, अर्थमन्त्रीसहित उच्च राजनीतिक तहमा भेटवार्ता गर्दै आएका राजदूत अधिकारीले प्रतिपक्षी दलकी नेतृसमेत रहेकी रेहमानसँग शिष्टाचार भेट गरेका हुन् । 

रेहमान प्रतिपक्षी पाकिस्तान पिपुल्स पार्टी संसदीय दलकी नेतासमेत हुन् । भेटवार्तामा नेपाल–पाकिस्तान सम्बन्ध, सार्कलगायतका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ । 

‘शिष्टाचार भेटमा हामीले नेपाल–पाकिस्तान सम्बन्ध, सार्क तथा क्षेत्रीय सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल गरेका छौँ,’ राजदूत अधिकारीले भेटवार्ताबारे भनेका छन्, ‘यसैगरी, हामीले दुवै देशको सम्बन्ध थप सुदृढ गर्न संसदबीच सहकार्य बढाउनुपर्ने, द्विपक्षीय व्यापार, लगानी, पर्यटन, सांस्कृतिक सहकार्य, जनस्तरीय सम्पर्क बढाउनुपर्ने, द्विपक्षीय आदान–प्रदान हुनुपर्ने विषयमा छलफल गरेका छौँ ।’ 

सभापति रेहमानले विगतमा नेपाल भ्रमण गरेको विषयमा पनि चर्चा गरेकी थिइन् । परराष्ट्र मामिला समितिको सभापतिका रूपमा नेपालसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्न चाहेको पनि रेहमानले बताएकी छिन् ।