१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
एजेन्सी लन्डन
Invalid date format १o:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

डेनमार्कका खेलाडी पछ्याउँदै होटेल र अभ्यास खेल मैदानसम्मै पुगे समर्थक

Read Time : < 1 मिनेट
एजेन्सी लन्डन
नयाँ पत्रिका लन्डन
Invalid date format १o:१५:oo

डेनमार्क सन् १९९२ पछि युरोकप च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिको नजिकै पुगेको छ । डेनमार्कले अब दुई पाइला पार गरे चालू युरोकपको ट्रफी हात पार्नेछ । डेनमार्कले बुधबार मध्यराति (१२:४५) इंग्ल्यान्डविरुद्ध दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छ । यसपटकको प्रतियोगितामा डेनमार्क उत्कृष्ट लय र भावनात्मक रूपमै प्रतिस्पर्धी देखिएको छ । वेम्बलीमा हुने सेमिफाइनलअघि डेनमार्कका खेलाडीहरूले अभ्यास सत्र थालनी गरिसकेको जनाएका छन् । 

स्टार खेलाडीहरूलाई हौसला बढाउन बालकदेखि युवा डेनिस समर्थकहरू होटेल र अभ्यास मैदानसम्मै समर्थन गर्न पुगिरहेका छन् । सयौँ बालकहरूले डेनमार्कको झन्डा फरफहराउँदै खेलाडीलाई जितको शुभकामना दिइरहेका छन् । मंगलबार साँझ डेनमार्क टोली बसेको होटेलअगाडि समेत समर्थकहरू ओइरिएका थिए । होटेलको बाल्कोनीबाट प्रशिक्षक कास्पेर जुल्मान्डले उनीहरूलाई धन्यवाद दिँदै उपाधिका साथ घर फर्कने विश्वास दिलाएका छन् । 

रंगशालामा उपस्थित हुन नपाएका समर्थकहरू खेलाडीको अनुहार एकपटक मात्रै हेर्न भए पनि होटेलबाहिर घन्टौँ उभिएको बेलायती मिडियाले जनाएका छन् । ‘युरोकपका स्टार खेलाडीको एक नजर हेर्न डेनिस समर्थकले घन्टौँसम्म प्रतीक्षा गरेका छन्,’ एजेन्सीहरूले उल्लेख गरेका छन्, ‘अभ्यासका लागि होटेलबाट मैदानसम्म जाने क्रममा समेत समर्थकहरूले शुभकामना दिएका छन् ।’ इंग्लिस क्लब टोटनह्यामले प्रयोग गर्ने मैदानमा डेनमार्कका खेलाडीले अभ्यास गरिरहेका छन् ।

यता डेनमार्क फुटबल संघले वेम्बली रंगशालामा आठ हजार डेनिस समर्थक पुग्ने जनाएको छ । यद्यपि, फुटबल संघले वेम्बलीमा सेमिफाइनल हेर्न ६ हजार पाँच सयजनालाई मात्रै टिकट दिएको छ ।