मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण ९ शनिबार
  • Saturday, 24 July, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १४ सोमबार ०७:५८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पुस्तकमा जथाभावी गर्ने विद्यालयका प्रिन्सिपल र पब्लिकेसनलाई स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १४ सोमबार ०७:५८:००

शिक्षा मन्त्रालयअन्तर्गतका निकायहरूले विद्यालय तहका पुस्तकमा अनधिकृत काम गर्ने विद्यालय र पब्लिकेसनलाई स्पष्टीकरण सोधेका छन् । पुस्तक छपाइ गर्ने सात पब्लिकेसनलाई पाठ्यक्रम विकास केन्द्र र विद्यालयका प्रिन्सिपललाई शिक्षा तथा मानव स्रोत केन्द्रले आइतबार स्पष्टीकरण सोधेको हो ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले अनधिकृत काम गर्ने सात पब्लिकेसनलाई पाठ्यक्रमले र विद्यालयका प्रिन्सिपललाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्पष्टीकरण सोधेको जानकारी दिए । उनका अनुसार स्वीकृति नलिई विद्यालय तहका लागि पुस्तक छपाइ गर्ने, मूल्यसूची कालो पोतेर मूल्य बढाउने, नेपाली माध्यममा पढाउनुपर्ने विषय अंग्रेजीमा अनुवाद गरी बिक्री–वितरण गर्ने पब्लिकेसनलाई केन्द्रले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिनेमा सञ्जीवनी, ओएसिस, एसबी, कोसेलीलगायत पब्लिकेसन छन् । यसअघि पनि केही पब्लिकेसनलाई केन्द्रले स्पष्टीकरण सोधेको थियो । 

शनिबार केन्द्रीय अनुगमन समितिले काठमाडौंका विभिन्न पुस्तक पसलमा अनुगमन गरेको थियो । विद्यालय तहका पुस्तकमा कतै कालो पोतेर मूल्य बढाएको पाइएको छ भने केही विद्यालयले कलिला बालबालिकालाई पुस्तकको भारी बोकाएको र कतै स्वीकृति नै नपाएका पुस्तक पढाएको पाइएको थियो ।

कतिपयले नेपाली माध्यममा पढाउनुपर्ने पुस्तक अंग्रेजीमा छपाइ गरेरसमेत पढाएका छन् । कतिपय पब्लिकेसनले लिम्पियाधुरा, लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ नक्सा नराखी पुरानै नक्सा राखेर पुस्तक बिक्री–वितरण गरेका छन् । केन्द्रले पाठ्यपुस्तक र पाठ्यसामग्रीहरू खरिद गर्दा नयाँ नक्सासहितका सामग्री भएको मात्र किन्न आग्रह गरेको छ ।