मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ९ बुधबार ०६:२६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाईको प्यालिसेड नेपाल भित्रियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ९ बुधबार ०६:२६:००

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयुभी प्यालिसेड नेपाल भित्र्याएको छ । प्यालिसेड ७ सिटर प्रिमियम एसयुभी हो ।कम्पनी स्रोतअनुसार यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक हुनेछ ।

यो कार कोरियामा उत्पादन भएर नेपाल आएको जनाइएको छ । नेपाली बजारमा आएको प्यालिसेड २.२ लिटरको डिजेल इन्जिन अप्सनको रहेको छ । यसले २०० पिएस पावर तथा १७५०–२७५० आरपिम टर्क उत्पादन गर्ने जनाइएको छ ।

यो एसयुभी ८ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको जनाइएको छ । नेपाली बजारमा यसको सुरुवाती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।