१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
एजेन्सी
२o८१ जेठ २ बुधबार २o:४३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद

युरोकपमा आजको खेल : स्विट्जरल्यान्ड र टर्कीलाई जित्नैपर्ने बाध्यता

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २o:४३:oo

युरोकप २०२० अन्तर्गत समूह ‘ए’मा रहेका टर्की र स्विट्जरल्यान्डबीच आज राति ९ः४५ मा प्रतिस्पर्धा हुनेछ । अजरबैजानको वाकु रंगशालामा यी दुईबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । प्रिक्वार्टरफाइनलको आशा जीवितै राख्न दुवैलाई जितबाहेक अरू विकल्प छैन । 

यसअघि इटालीले यी दुवै टोलीलाई हराएको थियो भने स्विट्जरल्यान्डले वेल्सलाई बराबरीमा रोकेको थियो । यसपटक स्विट्जरल्यान्डले टर्कीलाई हराउँदै अन्तिम १६ मा पुग्ने योजना बनाएको छ । 

टर्की भने अन्तिम १६ मा पुग्ने झिनो आशाका साथ प्रतिस्पर्धा गर्नेछ । यस समूहमा अंकविहीन रहेको टर्की मात्र हो । टर्कीले स्विट्जरल्यान्डलाई हराए कम्तीमा उत्कृष्ट तीनभित्र रही नकआउट चरणमा पुग्ने आशा जीवित रहनेछ । स्विट्जरल्यान्डसँगको हारले टर्कीको युरोकप २०२० को यात्रा समाप्त हुनेछ । 

स्विट्जरल्यान्ड सन् २००४ को युरोकपपछि पहिलोपटक समूह चरणमा जितविहीन अवस्थामा छ । युरोकपमा टर्की र स्विटजरल्यान्ड दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । सन् २००८ मा स्विट्जरल्यान्डले टर्कीलाई पहिलो भेटमै २–१ ले पाखा लगाएको थियो । समग्रमा यी दुई टोलीबीच १५ खेल भएको छ । जसमा टर्कीले ८ र स्विटजरल्यान्डले ४ खेलमा जित निकालेको छ । टर्कीले स्विटजरल्यान्डलाई तीन खेलमा बराबरीमा रोकेको छ । 

पछिल्लो दुई खेलमा टर्कीले स्विट्जरल्यान्डलाई पराजित गरेको अवस्था छ । यी दुवै खेलमा टर्कीविरुद्ध स्विट्जरल्यान्डले अग्रता लिएको थियो । टर्की र स्विटजरल्यान्डबीच पछिल्लो पाँच भेटमा १७ गोल भएको छ । यी दुईबीचको प्रतिखेल गोल औसत ३.४ रहेको छ । 

वेल्सलाई बराबरी नै काफी

युरोकप २०२० फुटबल प्रतियोगिताको आइतबार रातिदेखि समूह चरणका अन्तिम खेलहरू सुरु हुँदै छन् । अन्तिम खेल एकै समयमा हुनेछ । समूह ‘ए’मा इटालीले घरेलु मैदानमा वेल्सको सामना गर्नेछ । समूह ‘ए’बाट लगातार दुई खेल जित्दै इटालीले प्रिक्वार्टरफाइनल स्थान पक्का गरिसकेको छ । चालू युरोकपमा प्रिक्वार्टरफाइनलमा पुग्ने इटाली पहिलो टोली पनि हो । 

रोमको रंगशालामा वेल्सले इटालीलाई बराबरीमा रोक्दा पनि अन्तिम १६ स्थान सुरक्षित गर्नेछ । वेल्सले दुई खेलबाट चार अंक बटुलेको छ । बराबरी नतिजाले वेल्सको पाँच अंक हुनेछ । समूह उपविजेताको हैसियतले वेल्स अर्को चरणमा प्रवेश गर्नेछ । इटालीसँग पराजित हुँदा वेल्सको नकआउट चरण पुग्नो वा नपुग्नेको छिनोफानो यसै समूहको अर्को खेल स्विट्जरल्यान्ड र टर्कीबीचको नतिजाबाट हुनेछ । 

अर्को खेलमा स्विट्जरल्यान्ड विजयी हुँदा उसको पनि चार अंक हुनेछ । त्यसपछि गोलअन्तरमा वेल्स र स्विट्जरल्यान्डमध्ये एक टोली अन्तिम १६ मा पुग्ने छ । यदि टर्कीले स्विट्जरल्यान्डलाई हराउँदा वेल्स सहजै नकआउट चरणमा पुग्नेछ । यसकारण पनि इटालीविरुद्धको प्रतिस्पर्धामा वेल्स त्यति दबाबमा देखिँदैन । इटालीको लक्ष्य समूह विजेताकै रूपमा अगाडि बढ्ने हुनेछ । 

वेल्ससँग बराबरी नतिजा निकाले पनि पूर्वविजेता इटाली शीर्ष स्थानमै रहनेछ । तर, इटालीको लक्ष्य शतप्रतिशत नतिजा निकाल्ने रहनेछ । पछिल्लो समय इटाली निकै आक्रामक देखिएको छ । सुस्त आक्रामक तथा डिफेन्स रणनीति अपनाउने इटालीले योपटक उत्कृष्ट खेल देखाइरहेको छ । स्विट्जरल्यान्ड तथा टर्कीमाथि एकै स्कोर ३–० को निकाली इटालीले फिनिसिङ लाइन अप बलियो भएको सन्देश दिइसके छ । 

रक्षापंक्ति बलियो मानिएको इटालीले यसपटक यस क्षेत्रमा थप सुधार गरेको देखिन्छ । यसको उदाहरण यो इटालीले पछिल्लो १० खेलमा एक गोल पनि व्यहोरेको छैन । सन् २०१८ को सेप्टेम्बरमा पोर्चुगलसँग १–० ले पराजित भएपछि अहिलेसम्म २९ खेलमा अपराजित नै छ । यदि वेल्सलाई रोक्दा वा पराजित गर्दा इटालीले सन् १९३९ कै रेकर्ड बराबरी गर्नेछ ।

इटालीले त्यसवेला लगातार ३० खेलको अपराजित रेकर्ड बनाएको थियो । इटालीले पछिल्लो तीन खेलमा वेल्सको पोस्टमा ११ गोल गरेको थियो । युरोकप इतिहासमा वेल्स सन् २०१६ को संस्करणदेखि सहभागी भएको छ । पहिलो संस्करणमै वेल्सले सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । 

आफ्नो दोस्रो युरोकपको सहभागितामा वेल्सले पाँच वर्षअघिको इतिहास दोहोर्‍याउने उद्देश्यका साथ प्रतिस्पर्धा गर्नेछ । वेल्सले आफ्नो पहिलो खेलमा स्विटजरल्यान्डसँग १–१ को नतिजा निकालेको थियो । दोस्रो खेलमा वेल्सले टर्कीलाई ३–० ले निराश पारेको थियो । यी दुवै खेलमा गेराथ वेलको प्रदर्शन उच्च थियो । इटाली र वेल्सबीच पहिलोपटक मेजर फुटबल प्रतियोगितामा भिडन्त हुन लागेको हो । 

यी दुईबीच अहिलेसम्म नौपटक खेल भएको छ । जसमा इटालीले सात र वेल्सले दुई खेलमा जित निकालेको छ । अन्तिमपटक वेल्स र इटालीबीच सन् २००३ मा खेलेका थिए । जसमा इटाली ४–० ले विजयी रह्यो । 

ad
ad