१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
२o८१ जेठ १४ सोमबार १३:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बिपी प्रतिष्ठानमा चिकित्सकको आन्दोलन चर्कियो

माग पुरा नभए सामुहिक राजिनामा दिने चिकित्सककाे चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १३:oo:oo

शृंखलाबद्ध रूपमा भइरहेको अनियमितता र भ्रष्टाचारलाई व्यवस्थापनले मलजल गर्ने काम गरेको भन्दै  बिपी प्रतिष्ठान सुधार सञ्जाल गठन गरेर नागरिक समाज आन्दोलनमा उत्रिएको छ । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा.राजेन्द्र शर्माको नेतृत्वमा बिपी प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीको विरुद्धमा आन्दोलन चलिरहेको छ ।

बढेको तलब नपाएको, चिकित्सकहरूको आन्तरिक बढुवा रोकेको, समयमा तलब नखुवाएको कोभिड अस्पतालमा खटिएका नर्स, चिकित्सकरूलाई जोखिम भत्ता उपलब्ध नगराएकालगायतका विषयमा चिकित्सक, कर्मचारी, नर्सलगायत आन्दोलनमै छन् ।

पछिल्लो समय प्रतिष्ठानको बेथिति र चिकित्सको हकहितमा आवाज उठाउने एक वरिष्ठ चिकित्सकसँग उपकुलपति डा. ज्ञानेन्द्र गिरीले धम्कीपूर्ण स्पष्टीकरण मागिएपछि आन्दोलनले नयाँ मोड लिएको छ ।  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता भएको भन्दै चिकित्सक, विद्यार्र्थी र कर्मचारी पाँच दिनदेखि आन्दोलनमा । बेथितिको आवाज उठाउने चिकित्सकसँग धम्कीसहित स्पष्टीकरण मागिएपछि आन्दोलन थप चर्किएको छ । उपकुलपतिको कार्यकक्षअगाडि ब्यानरसहित चिकित्सक नियमित धर्ना बसेका छन् ।

हाडजोर्नी विभागका वरिष्ठ चिकित्सक डा. विष्णु पोखरेललाई ३० जेठमा डा. गिरीले प्रतिष्ठानको आन्तरिक सूचना चुहाएको र प्रतिष्ठानको अहितमा बोलेको आरोपमा प्रतिष्ठानको नियमावलीअनुसार कारबाही गर्ने धम्कीपूर्ण स्पष्टीकरण सोधेका थिए । सोही दिन बेलुका मिडियामा पत्रसहितको समाचार आए पनि स्पष्टिकरण भने डा. पोखरलेललाई तीन दिनपछि मात्र उपलब्ध गराइएको थियो । दन्त चिकित्सक, शिक्षक कल्याण समाजका अध्यक्षसमेत रहेका पोखरेलको बदनाम गराउन नियमित बस उपकुलपति गिरीले प्रचार बाजी गरेको ठहर गर्दै २ असारदेखि चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

सामूहिक राजीनामाको चेतावनी 
प्रतिष्ठान संयुक्त संघर्ष समितिले  ११ सूत्रीय माग अघि सारेको छ ।  उपकुलपतिले आफ्नो शैक्षिक योग्यतामाथि उठेको प्रश्नबारे स्पष्ट पार्नुपर्ने, तीन वर्षदेखि रोकिएको फ्याकल्टी शिक्षकको बढुवा प्रक्रिया, स्वास्थ्यकर्मीहरुको कोभिड भत्ता, शिक्षक तथा प्राध्यापकको तालिम तथा सेवा–सुविधा, इन्टरनेट, अस्पतालमा बिग्रिएका उपकरण बनाउनुपर्नेलगायतका मागहरू प्रमुख छन् । औपचारिक माग  पदाधिकारी समक्ष राखेर कयौं पटक आश्वासन मात्र पाइएकाले यस पटक माग सम्बोधन नभए सामूहिक राजीनामाको चेतावनीसमेत चिकित्सकहरूले दिएका छन्  । 


 

ad
ad