मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १ मंगलबार ०६:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राखेप सदस्यसचिव सिलवालबारे  प्रदेशमन्त्री मनाङेको आपत्तिजनक अभिव्यक्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १ मंगलबार ०६:२२:००

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र गण्डकी प्रदेशबाट बोर्ड सदस्य नियुक्त राजेश गुरुङबारे आपत्तिजनक टिप्पणी गरेका छन् । 

मन्त्रीको शपथ लिएलगत्तै मनाङेले सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता दिँदै सिलवाल र गुरुङ तथा उनीहरूको परिवारका सदस्यबारे अमर्यादित शब्द बोलेका छन् । सिलवाल पोखरा आउँदा गुरुङले रक्सी र युवतीको बस्दोबस्त गर्ने गरेको आरोप उनले लगाएका छन् । 

‘पोखरामा एमाले बनेकाहरूले भ्रष्टाचार गरेका छन् । पोखरामा मुख्य रहेछ, राजेश मोटे (राजेश गुरुङ) । त्यो रमेश सिलवाल भन्ने सदस्यसचिव अर्काे फटाहा रहेछ,’ टिकटक, ट्विटर, फेसबुकलगायत सामाजिक सञ्जालमा समेत भाइरल बनेको उक्त अन्तर्वार्तामा मनाङेले भनेका छन्, ‘त्यसलाई त्यो सबै राजेशले प्रोभाइड गर्दाेरहेछ । त्यही भएर सिलवालले गण्डकी प्रदेशको सबै सरकारी सम्पत्ति भोगचलन गर्न पाउने भनेर पत्र दिएको रहेछ ।’

मनाङे यत्तिमै रोकिएका छैनन् । अगाडि उनले सिलवालको परिवारका अन्य सदस्यको बारेमा समेत अमर्यादित शब्द बोलेका छन् । ‘मान्छेले भन्यो भने अप्ठ्यारो मान्ला । तर, अब के गर्नु, बिचरा त्यसको घरमा स्वास्नी राम्रो छैन होला । समस्या होला,’ उनले अन्तर्वार्तामा भनेका छन् । 

मनाङेको अभिव्यक्तिप्रति राखेपले आपत्ति जनाएको छ । ‘प्रदेश मन्त्रीजस्तो सार्वजनिक र महत्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्तिबाट कसैप्रति यस्तो अभिव्यक्ति आउनु भत्र्सनायोग्य कुरा हो,’ राखेपका निमित्त सदस्यसचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माननीय मन्त्रीज्यूबाट समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव र बोर्ड सदस्यप्रति अमर्यादित टिप्पणी आउनु खेदजनक छ । यसले सम्पूर्ण नेपाली खेलकुदको अपमान भएको महसुस हामीले गरेका छौँ ।

यसमा कानुनअनुसारको कारबाहीको माग गर्दछौँ ।’ अखिल नेपाल फुटबल संघ (एन्फा)को खर्चमा इराक र कुवेतको भ्रमणमा गएका सदस्यसचिव सिलवाल आइतबार मात्रै नेपाल आइपुगेका छन् ।