१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २४ सोमबार १४:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश १  सभामा पूर्वबजेट छलफल सुरु, विपक्षी दलको विरोध 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:४३:oo

प्रदेश १ मा आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेटका लागि पूर्वछलफल सुरु भएको छ ।  २४ जेठबाट सुरु भएको आठौँ तथा बजेट अधिवेशनको मंगलबारको दोस्रो बैठकबाट प्रदेश १ सभामा पूर्वबजेट छलफल सुरु भएको हो । 

प्रदेश १ सरकारका आर्थिक ममिला तथा योजनामन्त्री टंक आङबुहाङले आगामी आर्थिक बर्ष २०७८ /०७९ का लागि प्रस्तुत हुने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता मंगलबारको बैठकमा प्रस्तुत गरेका छन् । 

संसद्मा पेस भएको उक्त विधेयकको सिद्धान्त र प्राथमिकताबारे बुधबारदेखि बैठकमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ । 

मन्त्री आङबुहाङले पेस गरेको अगामी विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा स्वास्थ्य, शिक्षा, रोजगारी, र भौतिक पूर्वाधार निर्माणलाई विशेष जोड दिइएको छ । 

प्रदेश १ सरकारले कोरोना महामारीको बहानामा अध्यादेशमार्फत विधेयक र नियमावली संशाेधन गराएर संक्षिप्त कार्यविधिअनुसार नीति कार्यक्रम प्रस्तुत गरी आगामी वर्षको बजेट पारित गर्ने योजना बनाएको छ । 

संक्षिप्त कार्यविधिअनुसार अब पूर्वबजेट १५ दिन छलफल हुनुपर्नेमा पाँच दिन मात्र छलफल हुनेछ । अनि बजेट प्रस्तुत भइसकेपछि आर्थिक विधेयकउपर एक हप्ता छलफल हुनुपर्नेमा तीन दिन मात्र हुनेछ । 

अध्यादेश ल्याएर संसद् छल्दै हतारमा विनाछलफल बजेट पारित गराउन लागेको भन्दै सरकारको आलोचना गरिररहेका छन् । 
 

ad
ad