Skip This
कल्याणपुर नगरपालिकालाई माछापुच्छ्रेको सहयोग
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ २५ मंगलबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ २५ मंगलबार o६:१२:oo
Read Time : < 1 मिनेट
अर्थ

कल्याणपुर नगरपालिकालाई माछापुच्छ्रेको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ २५ मंगलबार o६:१२:oo

माछापुच्छ्रे बैंक लिमिटेडले सिराहाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले स्वास्थ्य सामग्री कल्याणपुुर नगरपालिकाका कार्यबाहक मेयर रोहिणीकुमारी यादवलाई हस्तान्तरण गरेका हुन् । 

बैंकले नगरपालिकामा देखिएको कोरोना जोखिम न्यूूनीकरण तथा संक्रमितको उपचारका लागि  निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ । सहयोग गरिएका सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्कलगायत रहेको बैंकले जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत वर्षदेखि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा संक्रमितको उपचारमा राहत पुगोस् भन्ने उद्देश्यका साथ नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय संघ–संस्थालाई विभिन्न समयमा विभिन्न सहयोग गर्दै आएको जनाएको छ ।