मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ जेठ २३ आइतबार
  • Monday, 31 August, 2026
२o७८ जेठ २३ आइतबार o५:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस नेता पौडेलले सुरु गरे मास्क अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ २३ आइतबार o५:३o:oo

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले गृहजिल्लामा ‘मास्क अभियान’ सुरु गरेका छन् । उनले शनिबार गृहजिल्ला तनहुँबाट स्वास्थ्य सामग्री वितरण गर्दै अभियान सुरु गरेका हुन् ।कोभिडको जोखिम बढ्ने मात्र नभई धुवाँ, धुलो तथा विभिन्न किसिमका रोगबाट सुरक्षित गराउन मास्कको महत्व रहेकाले आफूले ‘मास्क अभियान’ सुरु गरेको पौडेलले बताए । अभियानमा मास्क पुग्न नसकेका ठाउँमा मास्क र अस्पतालमा स्वास्थ्य सामग्री पुर्‍याउने उनले बताए । 

‘जिल्लाका विभिन्न सामुदायिक अस्पतालमा पनि अहिले पर्याप्त स्वास्थ्य सामग्री छैनन् । त्यसैले थोरै भए पनि सहयोग पुग्ने ठानेर माक्स, स्यानिटाइजर, ग्लोब्स, कन्सन्ट्रेटर र पिपिईलगायत स्वास्थ्य सामग्री ल्याइएको हो,’ उनले भने । 

पहिलो चरणमा ५० हजारबराबरको मास्क, स्यानिटाइजर, पिपिई, फेससिल्ड, अक्सिजन कन्सन्ट्रेटर, ग्लोब्सलगायत स्वास्थ्य सामग्री वितरण गरिएको छ । अभियानअन्तर्गत नेता पौडेलले विभिन्न अस्पतालमा स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेका छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, दमौली अस्पताल र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । 

‘पहिलो चरणमा ५० हजार मास्क र ग्लोब्सबाट सुरुवात गरिएको छ, सर्वसाधारणलाई स्वास्थ्यमा सचेत र सजक बनाउने अभियानमा छौँ । कोभिड– १९ बाट सम्पूर्ण सर्वसाधारणलाई सुरक्षित बनाउने हाम्रो अभियान हो,’ उनले भने । 

सम्पूर्ण सर्वसाधारणलाई कोभिडसम्बन्धी चेतना वृद्धि गरी सुरक्षित बनाउने उद्देश्यका साथ कांग्रेसका युवाहरूलाई परिचालन गराउने उनले बताए । ‘जनप्रतिनिधि, कांग्रेसका सम्बद्ध संघसंस्था, युवा क्लबमार्फत सम्पूर्ण व्यक्तिसमक्ष मास्क पुर्‍याउनेछौँ र व्यक्तिलाई कसरी कोभिडबाट जोगाउन सकिन्छ, त्यही उपाय अपनाउनका लागि अभियान थालिएको हो,’ उनले भने ।

स्वास्थ्य सामग्री प्राप्त भएपछि अस्पताललाई उपचारमा सहयोग पुग्ने जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए । अर्कोपटक दुई लाख माक्सलगायत स्वास्थ्य सामग्री लिएर जिल्ला आउने उनले बताए । तनहुँबाट सुरु गरिएको माक्स अभियान देशैभर गर्ने उनको तयारी छ ।