१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २२ शनिबार १४:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनसुनमा आउने स्वास्थ्य समस्याको सामना गर्न सरकारी तयारी अवस्थामा छ : स्वास्थ्य मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २२ शनिबार १४:०९:००

स्वास्थ्य मन्त्रालयले मनसुनको वेलामा आउने स्वास्थ्य समस्याहरूको सामना गर्न तयारी अवस्थामा रहेको जनाएको छ ।विपत्तिको बेलामा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।

वर्षायाममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरोलगायतको स्वास्थ्य समस्या आउने भन्दै उनले ती समस्या समाधानका निम्ति स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको बताए । विपत्बाट तुरुन्त उद्धार गर्नका लागि प्रत्येक स्थानीय तहमा र्‍यापिड रेन्स्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उनले जानकारी दिए ।

उनले भने ‘प्रत्येक स्थानीय तहमा र्‍यापिड रेन्सपोन्स टिम कसरी गठन गर्ने भनेर स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर जनशक्ति तयारी अवस्थामा राखिएको छ । मनसुनसँगै झाडापखाला, ज्वरो, मलेरियाका बिरामी बढी देखिन्छन् । उपचारात्मक सेवा र प्रवर्द्धनात्मक सेवा सँगसँगै जानुपर्ने हुन्छ । स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समिति(–यापिड रेन्पोन्स टिम), उहाँहरूले त्यहाँबाट रेस्पोन्स गर्नुहुन्छ ।’

प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको बताए । उनले भने ‘डेंगुलगायतका बिरामीहरूलाई चाहिने एन्टिजेन किट, परीक्षण सामग्री, मलेरियाको आरडिटी, डेंगुको किट, झाडापखालाका लागि जीवनजललगायत औषधिको व्यवस्थापन केन्द्रीय स्टोर, प्रदेशस्थित मेडिकल स्टोर र जिल्लाहरूसँगको समन्वयमा त्यो व्यवस्थापनको काम हुन्छ । त्याे नियमित कामभित्रै हुन्छ ।’

उनले स्थानीय तह तथा प्रदेशले केन्द्र सरकारसँग माग गरेको खण्डमा केन्द्रमा पनि –यापिड रेस्पोन्स टिम बनाइसकेको बताए ।