१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १८ मंगलबार ०६:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वप्रधानन्यायाधीश र वकिलहरूमाथि प्रधानमन्त्रीको आक्रोश : पूर्वन्यायमूर्तिहरू राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिँदै छन् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १८ मंगलबार ०६:१३:००

‘पूर्वन्यायमूर्ति, उहाँहरूले न्यायालयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, राज्यको पेन्सन खाएर । आफ्नो समयमा केही पनि नगर्ने अनि अहिलेको न्यायालयका कामकारबाहीमाथि सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? यसले हाम्रो लोकतन्त्र, न्यायप्रणालीलाई कहाँ पुर्‍याउँछ ?’ 

कालोकोट लगाएका व्यक्तिहरूले अदालतको गरिमा ख्याल गरेनन् केही कालोकोट लगाएका व्यक्तिहरू अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान–गरिमा किञ्चित ख्याल नराख्ने ! कस्तो न्यायिक सिस्टम हामी तय गर्दै छौँ ? अब वकिलहरूले न्यायाधीश तय गर्ने ? उनीहरूले पढेर सुनाऊ भनेको निर्णय मात्र सुनाउने न्यायाधीश चाहियो ?

उहाँहरूले त्यही चाहिरहनुभएको छ, हामीले लेखेर दिएको फैसला पढीवाची सुनाउने न्यायाधीशबाहेक अरू मान्दैनौँ । यसरी कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पु‍र्‍याउँदै हुनुहुन्छ ?