१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १८:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकाको निषेधाज्ञामा थप कडाइ, खाद्यान्न पसल पनि बन्द (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:o४:oo

अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन प्रतिबन्ध

निषेधाज्ञा लागू भएको चार साता हुन लाग्दा पनि संक्रमणमा उल्लेख्य कमी आउन नसकेपछि उपत्यकामा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन रोक लगाउने निर्णय भएको छ । १४ जेठदेखि एक साताका लागि खाद्यान्न पसल तथा डिपार्टमेन्ट स्टोरसमेत बन्द हुने भएको छ । 

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गरी एक साताका लागि थप गरेका छन् । २० जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । थप कडाइ गरेर संक्रमणको चेन ब्रेक गर्नका लागि नयाँ नियम लागू गरिएको काठमाडौंका सहायक सिडिओ उमाकान्त अधिकारीले बताए । 

‘सानातिना सामान किन्न पनि दैनिक खाद्यान्न पसलमा जाँदा अत्यधिक भिड देखियो, त्यहीँबाट संक्रमण फैलिएको भन्ने छ,’ अधिकारीले भने, ‘सामान्यतया एक साताका लागि खाद्यान्न घरमा हुन्छ, नभए पनि बुधबार र बिहीबार खाद्यान्न पसल पनि खुला हुन्छ, त्यसपछिका एक हप्तामा कडाइ गरेर चेन ब्रेक गर्न सकिन्छ कि भनेर हामीले यो निर्णय गरेका हौँ ।’ 

जिल्ला प्रशासनले गत शुक्रबार ल्याइएको कोभिड व्यवस्थापन अध्यादेशअनुसार नयाँ निर्णय गरेको हो । आदेशमा मर्निङ तथा इभिनिङ वाकसमेत बन्द गरिएको छ । ‘यो करिब लकडाउनकै अवस्था हो,’ सहायक प्रजिअ अधिकारीले भने । 

सरकारी सवारीसाधनलाई समेत दिउँसो चलाउन प्रतिबन्ध लगाइएको छ । सरकारी कार्यालयबाट अत्यावश्यक सेवा मात्र प्रवाह हुनेछ । १४ जेठदेखि अध्यादेशमा भएको प्रावधानअनुसार जरिवानासमेत लगाउने तयारी छ । मास्क नलगाई घरबाहिर निस्कनेलाई एक सय, विनाकाम सडकमा निस्कनेलाई दुई सय तथा आवातजावतमा रोक लगाएको अवस्थामा सवारीसाधन लिएर निस्किएमा पाँच हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । 

उपत्यकामा संक्रमण दर थोरै घटे पनि अझै स्थिर अवस्था छ । मंगलबार काठमाडौंमा एक हजार आठ सय ६३, ललितपुरमा चार सय २७ तथा भक्तपुरमा तीन सय २३ जना गरी उपत्यकामा दुई हजार ६ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तो छ काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश

 

 

 

 

 

 

 

ad
ad