मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १ शुक्रबार
  • Friday, 17 September, 2021
शुरोजंग पाण्डे काठमाडाैं
२०७८ जेठ १० सोमबार ०६:१६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज डिजिटल संस्करण

खनाल–नेपालनिकट युवाको नयाँ पार्टी : पार्टीको नाम नेकपा एकीकृत, चुनाव चिह्न कलम

माधव नेपालसँगको सम्बन्ध अब पास्ट टेन्स : ओली

Read Time : > 1 मिनेट
२०७८ जेठ १० सोमबार ०६:१६:००

वरिष्ठ नेता माधवकुमार नेपालसँग जोडिएका केही युवाले कलम चिह्न लिएर नयाँ पार्टी दर्ता गरेका छन् । एमालेको अन्तर्विरोध चर्किएर पार्टी फुटको दिशामा अगाडि बढिरहेका वेला नेपालसँग जोडिएका केही युवाले निर्वाचन आयोगमा एक महिना अगावै नयाँ पार्टी दर्ता गरेको खुलासा भएको हो ।

गत ७ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत र चुनाव चिह्न कलम हुने गरी निर्वाचन आयोगमा दर्ता भएको प्रस्तावित पार्टी अध्यक्ष जीवन राईले बताए । करिब दुई दशक अनेरास्ववियुको राजनीतिमा संलग्न राई अघिल्लोपटक वरिष्ठ नेता नेपाल समूहबाट अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएपछि जिम्मेवारीविहीन थिए । यद्यपि, उनले आफू अहिले पार्टीको कुनै जिम्मेवारीमा नरहेको र नेपालको जानकारीविनै पार्टी दर्ता गरेको दाबी गरे । 

‘पार्टी दर्ताका लागि पाँच सयको हस्ताक्षरसहित निवेदन दिएको ३३ दिन भएको छ, ४५ दिनभित्र दर्ता प्रक्रिया पूरा हुने भएकाले प्रमाणपत्र लिन बाँकी छ,’ राईले आइतबार साँझ नयाँ पत्रिकासँग भने, ‘तर, हामीले कुनै नेताको योजना र निर्देशनमा होइन, स्वतन्त्र हिसाबले साथीहरूसँगको परामर्शमा दर्ता गरेका हौँ ।’ 

राईको प्रस्तावित पार्टीमा २५ सदस्यीय केन्द्रीय कमिटी र पाँच सदस्यीय पदाधिकारी छ । उपाध्यक्षमा कास्कीकी कल्पना गुरुङ, महासचिवमा काभ्रेका विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा अर्घाखाँचीका सुशील खनाल छन् । राई भने संखुवासभाका हुन् । 

राईसहितले सुरुमा नेकपा एकीकृत एमाले र चुनाव चिह्न सूर्यभित्र तारा प्रस्ताव गरेका थिए । तर, आयोगले ठाडै अस्वीकार गरेपछि दियो, मैनबत्ती, मोबाइल चुनाव चिह्न लिन खोजेका थिए । ती सबै चिह्न अरूसँग जुधेपछि अन्तिममा कलम चिह्न रोजिएको राईले बताए । गत ६ जेठमा राष्ट्रिय सभा निर्वाचनमा नेपाल समूहका तर्फबाट स्वतन्त्र उम्मेदवारका रूपमा विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देपकोटा कलम चिह्नबाटै विजयी भएका थिए । तर, देवकोटाले स्वतन्त्र सांसदका रूपमा कलम चिह्न रोज्नु संयोग मात्र रहेको उनीहरूको दाबी छ । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँगको अन्तर्संघर्षमा कुनै पनि वेला नेपाल समूह अलग्गिनुपर्ने स्थिति आउन सक्ने भएकाले पूर्वयोजनाअनुरूप नै नेपालनिकट युवाहरूले आयोगमा पार्टी दर्ता गराएका हुन् । ‘कार्यदलका नाममा अलमल्याउँदै जाने र चुनाव आउन थालेपछि दल दर्ता गर्नै नमिल्ने अवस्थामा ओलीका तर्फबाट दलविहीन बनाउने षड्यन्त्र पनि हुन सक्छ भनेरै पार्टी दर्ता गरिएको हो,’ दर्ता प्रक्रियामा संलग्न अर्का एक पदाधिकारीले भने । यसअघि नेकपामा विवाद हुँदा केपी ओलीनिकट युवाहरूले एमाले दर्ता गरेका थिए । नेकपा एकता भंग भएपछि एमाले पुनः ब्युँतिएपछि दर्ता भएको एमाले स्वतः खारेज भएको थियो । 

यस्तो छ नयाँ  पार्टीको कार्यसमिति
प्रस्तावित पार्टीमा २५ सदस्यीय केन्द्रीय कमिटी र पाँच सदस्यीय पदाधिकारी छ । अध्यक्ष जीवन राई, उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् । 

‘दर्ताको ३३ दिन भयो, प्रमाणपत्र आएको छैन’
जीवन राई, पार्टी अध्यक्ष

अध्यक्ष जीवन राईले आइतबार साँझ नयाँ पत्रिकासँग भने, ‘पार्टी दर्ताका लागि पाँच सयको हस्ताक्षरसहित निवेदन दिएको ३३ दिन भएको छ, ४५ दिनभित्र दर्ता प्रक्रिया पूरा हुने भएकाले प्रमाणपत्र लिन बाँकी छ । तर, हामीले कुनै नेताको योजना र निर्देशनमा होइन, स्वतन्त्र हिसाबले साथीहरूसँगको परामर्शमा दर्ता गरेका हौँ ।’