मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ जेठ ९ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ ९ आइतबार १५:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ ९ आइतबार १५:१५:oo

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन मंगलबार सर्वोच्च अदालत जाने भएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने मागसहित विपक्षी गठबन्धन अदालत जाने भएको छ ।

विपक्षी गठबन्धनको बैठकले आइतबार समय नभएकाले सोमबार बिहान १० बजे सर्वोच्च जाने निष्कर्ष निकालेको हो ।  कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका सांसदले हस्ताक्षर गरेका छन् । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘आज भ्याइने भएन । हामी यही काममा जुटिरहेका छौँ । आज जान समय नपुग्ने भयो, भोलि जान्छौँ ।’

कांग्रेस सांसद रमेश लेखकले भने, ‘विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश गर्न माग गर्दै रिट दायर गर्ने गरी अघि बढेका छौँ ।’
यो पनि पढ्नुहोस्

संविधानविद् भन्छन्–‘उपधारा (३) को प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन, (५) को सरकार बनेकै छैन’