१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ६ बिहीबार
  • Sunday, 06 July, 2025
२o७८ जेठ ६ बिहीबार १९:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्तो छ राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाको मतान्तर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ ६ बिहीबार १९:१६:oo

बागमती प्रदेशतर्फको राष्ट्रिय सभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा सत्तारुढ एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै निर्वाचित भएका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको नेपाल–खनाल पक्षको समर्थनमा स्वतन्त्र उम्मेदवार रहेका देवकोटाले पाँच हजार ८८, बादलले चार हजार १४ र अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले एक सय ३४ प्राप्त गरे । 

देवकोटाले बादललाई एक हजार ७४ मतान्तरले पराजित गरेका हुन् । स्थानीय तहतर्फ देवकोटाले एक सय २८, बादलले एक सय तीन र तामाङले दुई मत प्राप्त गरेका छन् । उम्मेदवारले स्थानीय तहतर्फ प्राप्त गरेको एक मत बराबर १८ मतभार हुन्छ । सोहीअनुसार गुणा गर्दा देवकोटाले दुई हजार तीन सय चार, बादलले एक हजार आठ सय ५४ र तामाङले ३६ मत प्राप्त गरेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

प्रदेश सभातर्फ देवकोटाले ५८, बादलले ४५ र तामाङले दुई मत प्राप्त गरेका छन् । प्रदेश सभा सांसदको एक मतबराबर ४८ मतभार गणना गर्दा देवकोटाले दुई हजार सात सय चार, बादलले दुई हजार एक सय ६० र तामाङले ९६ मत प्राप्त गरेका हुन् । देवाकोटा र बादलबीच स्थानीय तहतर्फ चार सय ५० र प्रदेश सभातर्फ ६ सय २४ मतान्तर रहेको छ ।