मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ ६ बिहीबार १५:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सकियो, ९६ प्रतिशत मत खस्यो

Read Time : < 1 मिनेट
२०७८ जेठ ६ बिहीबार १५:२१:००

राष्ट्रिय सभा उपनिर्वाचनअन्तर्गत बागमती प्रदेशको मतदान सम्पन्न भएको छ ।  हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माविमा बिहान ९ बजेबाट सुरु मतदान दिउँसो ३ बजे सकिएको हो । तीन सय ४७ मतदातामध्ये तीन सय ३७ मत खसेको छ । 

स्थानीय तहबाट दुई सय ३८ मतदातामा  दुई सय ३२ मत खसेको छ । जसमा ६ जना अनुपस्थित रहे । त्यस्तै प्रदेश सभाबाट एक सय नौजना मतदाता रहेकोमा एक सय पाँचजना उपस्थित थिए भने चारजना उपस्थित भएनन् । 

उपस्थित नहुनेमा माओवादी केन्द्रका एक सांसद र विवेकशील साझा पार्टीका तीन सांसद छन् । विवेकशीलले यसअघि नै सहभागी नहुने जानकारी गराइसकेको थियो । 

साढे चार बजेबाट मतगणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए