१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १४:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री पोखरेलद्वारा ५१ शय्याको आइसोलेसन केन्द्र उद्घाटन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:o३:oo

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेसन केन्द्रको उद्घाटन गरेका छन् । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार उद्घाटन गरेका हुन् ।  

मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शय्याको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराए ।  

उपप्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र सञ्चालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गरे ।  ‘कोभिडविरुद्धको लडाइँ हामी सबैले मिलेर लड्ने लडाइँ हो । यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नुहुँदैन, सरकारले अभिभाकको भूमिका खेल्छ, तर यो लडाइँको मोर्चामा हामी सबै एकठाउँमा उभिएर लड्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले  भने । 
 

ad
ad