मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ २ आइतबार ०४:२०:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘अब आँसु खसाउनुपर्दैन’

Read Time : < 1 मिनेट
२०७८ जेठ २ आइतबार ०४:२०:००

पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार हेरिरहेका परिवारजन । कोभिड संक्रमण अनियन्त्रित छ, अस्पतालमा आइसियू र भेन्टिलेटर मात्र होइन, साधारण बेड पनि छैनन् । पेटीमै बसेर उपचार गराउँछु भन्दा पनि अक्सिजन नभएकोले अस्पतालले गम्भीर बिरामीको पनि भर्ना बन्द गरेका छन् । कोभिडबाट एक सातामा एक हजार दुई सय २४ को ज्यान गएको छ, सक्रिय संक्रमितको संख्या एक लाख नौ हजार सात सय ४० पुगेको छ । 

......

अब आँसु खसाउनु पर्दैन

केपी ओली, प्रधानमन्त्री

 

अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्न पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन ।


०००
सामाजिक न्याय र समानता 
अधिकारसम्पन्न जनता
मेची–काली, पहाड–तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन ।


०००
फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।


१ मे २०२०
बिहान २ः३० बजे