१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महामारीका वेला पनि सरकार कमिसन र भ्रष्टाचारको चंगुलमा फस्यो : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:२४:oo

कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार महामारीका वेला पनि कमिसन र भ्रष्टाचारको चंगुलमा फसेको आरोप लगाएका छन् । उनले कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहँदा सरकारले संक्रमितको उपचारका लागि शय्या, आइसियू, भेन्टिलेटर, अक्सिजनसहितका औषधोपचार, जनशक्तिको व्यवस्थापन गर्न असफल भएको बताएका छन् । 

पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भनेका छन्, ‘गत २३ फागुनमा सबै नेपालीलाई खोप दिने आफ्नै प्रतिबद्धताविपरीत सरकार कमिसन र भ्रष्टाचारको चंगुलमा फसेको कारण नागरिकलाई सहज र सर्वसुलभ रूपमा महामारीमा खोप दिलाउने दायित्वबाट विमुख भएको छ ।’

पौडेलले वर्तमान सरकार राजनीतिक रूपमा असंवैधानिक, अलोकतान्त्रिक र अनैतिक क्रियाकलापमा चुर्लुम्म डुबेको बताएका छन् । ‘यो सरकारका क्रियाकलापले भ्रष्टाचार र कमिसनको नाममा जनतालाई सर्वसुलभ रूपमा दिनुपर्ने खोपलगायतका संविधानप्रदत्त स्वास्थ्य सुविधा र दायित्वबाट किमार्थ विमुख हुन पाउँदैन,’ पौडेलले भनेका छन्, ‘कमिसन प्रकरणको आवश्यक छानबिन र त्यसमा संलग्न जो–कोहीलाई कारबाहीको दायरामा ल्याएर यो महामारीमा खोपसहितका स्वास्थ्य सुविधा तत्काल उपलब्ध गराउन म आग्रह गर्दछु ।’ 
 

ad
ad