मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख २३ बिहीबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका डडेल्धुरा
२o७८ बैशाख २३ बिहीबार १४:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 मेयर र उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स र टिपरलाई शववाहन बनाउने नगरपालिकाको निर्णय   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
नयाँ पत्रिका
२o७८ बैशाख २३ बिहीबार १४:४१:oo

डडेल्धुराको अमरगढी नगरपालिकाका जनप्रतिनिधिले प्रयोग गर्दै आएकाे गाडीलाई  एम्बुलेन्स बनाउने निर्णय  भएको छ ।  नगरप्रमुख  र  उपप्रमुख चढ्ने २३९ नम्बरकाे बोलेरो जिप जनताका लागि  एम्बुलेन्स बनाउने र नगरपालिकाको टिपरलाई शववाहन बनाउने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यक्ष  बताए । 

सरकारी गाडीलाई यसरी एम्बुलेन्स र शववाहन बनाउने डडेल्धुरा पहिलो नगरपालिका रहेको छ । कोरोना नियन्त्रणका लागि सक्रिय भूमिका खेलिरहेको नगरपालिकाले आफ्ना सबै संरचना परिचालन गर्ने क्रममा ११ स्वास्थ्य संस्थामा रहेका ४३ जना र विद्यालय नर्सिङ कार्यक्रममा कार्यरत १० जना स्टाप नर्स परिचालन गरेको छ। यसका साथै टोलटोलमा स्वयंसेविका परिचालन गरेको छ।

सुदूरपश्चिम प्रदेशको एक मात्र संघीय अस्पताल डडेल्धुरा अस्पतालमा रहेको जनशक्ति अभावलाई राहतस्वरूप चारजना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको छ। साथै नगरपालिकाले आकस्मिक उद्धार टोली गठन गरेको छ।

जिल्ला सदरमुकाममा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आइसोलेसन सञ्चालन गरिएको छ  भने सातामा तीन दिन नगरपालिकामा स्वाब संकलनको व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ । डडेल्धुरा जिल्लामा आठ सय ९६ कोरोना संक्रमित छन् भने सातजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको  छ ।