मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख २२ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख २२ बुधबार १९:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना कहर : ५२ जिल्लामा निषेधाज्ञा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख २२ बुधबार १९:४७:oo

कोरोना संक्रमणको दोस्रो लहर जिल्लाजिल्लासम्म फैलिएको छ । एक साताको बीचमा ५२ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार बुधबार साँझसम्म ४१ जिल्लामा जिल्लाभरि तथा अन्य ११ जिल्लामा आंशिक रूपमा निषेधाज्ञा लागू गरिएको छ । 

पूर्ण रूपमा लकडाउन भएका जिल्लाहरूमा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन छन् । 

रूपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान, बाजुरा, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्व छन् । रोल्पा, मुगु, बारा, सिराहा, पश्चिम नवलपरासी निषेधाज्ञा लागू गर्ने पछिल्ला जिल्ला छन् । 

आंशिक रूपमा निषेधाज्ञा भएका जिल्लाहरूमा ताप्लेजुङ, रामेछाप, स्याङ्जा, कालिकोट, मकवानपुर, गोरखा, काभ्रे, मोरङ, दार्चुला, तनहुँ र म्याग्दी छन् । 

अन्य केही जिल्लाले पनि निषेधाज्ञाको तयारी थालेका छन् ।