मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २१ मंगलबार १७:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बियो, अत्यावश्यकबाहेक घरबाहिर निस्कन नपाइने (आदेशसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २१ मंगलबार १७:४१:००

काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय लिएको हो । १६ वैशाखबाट जारी निषेधाज्ञा २२ वैशाखमा सकिँदै छ । संक्रमण दर बढेकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

अत्यावश्यक सेवाका लागि आवश्यक समन्वयन गरी सहयोग गर्न सुरक्षा निकायको साथै स्थानीय प्रशासन जुनसुकै अवस्थामा पनि तयार रहेको उनले बताए । उनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सबैमा अपिल पनि गरेका छन् ।

यस्तो छ काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश