१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ बैशाख २१ मंगलबार ०७:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाबालक हत्या अभियोगमा एक महिला पक्राउ

Read Time : < 1 मिनेट
२०७८ बैशाख २१ मंगलबार ०७:०६:००

जिल्ला प्रहरी कार्यालय लमजुङले नाबालक हत्या अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले दूधपोखरी गाउँपालिका– ३ बस्ने ४८ वर्षीया फूलमाया कामीलाई वैशाख १२ गते उनकै घरबाट  पक्राउ गरेको हो ।

जिल्लाको दूधपोखरी गाउँपालिका– ३ फुलिनगिरी बस्ने राजकुमार गुरुङको नाबालक छोरा वर्ष सातका युकेश गुरुङको हत्या अभियोगमा फूलमायालाई प्रहरीले पक्राउ गरेको हो । गत चैत ३० गतेदेखि बेपत्ता भएका युकेश वैशाख १ गते साँझ उनकै घरभन्दा तीन सय मिटर टाढा रहेको चामबोटे खोल्सामा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको सूचना प्राप्त हुनासाथ लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापासहितको अनुसन्धान टोली घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गर्दा निज युकेश गुरुङको घाँटीमा केही चिजले प्रहार गरी हत्या गरेको पाइएको थियो । उक्त शवलाई पोस्टमार्टम गर्नका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल पोखरा लगिएको थियो ।

घटनाकाे अनुसन्धान गर्दै जाँदा युकेश गुरुङलाई हत्या गर्ने कार्यमा संलग्न सोही ठाउँ बस्ने मृतककै छिमेकी फूलमाया रहेको अनुसन्धानबाट खुल्न आएकाले फूलमायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  लमजुङ जिल्ला अदालतबाट म्याद थपकाे अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी थापाले बताए ।