१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख १२ आइतबार २०:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिपरले जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ बैशाख १२ आइतबार २०:२७:००

रुपन्देहीको कोटिहवामा टिपरले जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ख ६०६४ नम्बरको टिपरले तीवटा जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ भने टिपरचालकसहित अन्य ६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 

रुपन्देहीको तिलोत्तमा नगरपालिका– १५ का १० वर्षीया सरस्वती हरिजन र आठ वर्षीया गंगा हरिजनको मृत्यु भएको हो । भैरहवाबाट बुटवलतिर जन्ती लिएर जाँदै गरेको लु.१ख ९६८५ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु.१ख ६०६४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।

 

सडकको किनारमा पार्किङ गरिएको जन्तीबसलाई टिपरले पछाडिबाट ठक्कर दिएपछि हुत्तिएको बसले जन्ती बोकेकै अर्को लु.१ख ५७८८ नम्बरको बसलाई ठक्कर दिएको र उक्त बस अनियन्त्रित भई लु.२च ७०७२ नम्बरको बोलेरो जिपलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।