१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ९ बिहीबार १५:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खनाल–नेपालसहित १५ नेताको अपिल– एमालेमा रहन नदिन अनेक दाउपेच गरिए (पूर्णपाठसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ९ बिहीबार १५:०९:००

एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपालसहित १५ नेताले आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेच गरिएको दाबी गरेका छन् । खनाल–नेपालसहित नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालले कम्युनिस्ट आन्दोलनको रक्षा र विकासमा आ–आफ्नो ठाउँबाट प्रयास गर्न बिहीबार अपिल गरेका हुन् । 

अपिलमा भनिएको छ, ‘हामीलाई नेकपा (एमाले)मा रहन नदिन अनेक दाउपेचहरू गरिएका छन् । २८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ । तर, हामी पार्टी एकता जोगाउन चाहन्छौँ । त्यसैले हामीले ‘नेकपा (एमाले)को एकतालाई बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छौँ । त्यसका निम्ति फागुन २८ र तत्पश्चात् भएका कथित बैठक र तिनका अवैध निर्णय सवै रद्द गरिनुपर्छ र ०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्दछ । यदि त्यसो भयो भने नेकपा (एमाले)को एकता जोगिन्छ । एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ । यही अठोटका साथ ७२ वर्षको मिहिनेतले निर्माण भएको कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्न सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरौँ । पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिस्ट पार्टीका आमनेता तथा कार्यकर्ता र समर्थक, शुभचिन्तक सबैमा हामी यही हार्दिक अपिल गर्दछौँ ।’

यस्तो छ अपिल