१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बझाङका एमाले उम्मेदवार भण्डारीलाई पितृशोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३५:oo

एक दिनलाई चुनाव प्रचारप्रसार स्थगित

बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ को उपनिर्वाचनका उम्मेदवार दमनबहादुर भण्डारीलाई पितृशोक परेको छ। एमालेका उम्मेदवार भण्डारीका बुबा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।

उपनिर्वाचनको चुनावी प्रचारका क्रममा रहेका वेला उम्मेदवार भण्डारीका बुबाको निधन भएपछि एक दिनलाई प्रचारप्रसार स्थगित गरिएको एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले जानकारी दिए । मृतक भण्डारी दुई हप्तादेखि बिरामी परेका थिए।

छबिस पाथीभेरा गाउँपालिका- १, भण्डारीगाउँनिवासी उनको बुधबार बिहान अन्तिम संस्कार गरिने आफन्तजनले बताएका छन्। अन्तिम संस्कारपछि बुधबारदेखि नै चुनावी अभियानलाई निरन्तरता दिइने इन्चार्ज रावलले जानकारी दिए।

गत निर्वाचनमा बझाङ १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि यही वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।

ad
ad