प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी ओली व्यक्तिवादी हुँदा मुलुकमा राजनीतिक अस्थितरता बढेको आरोप लगाएका छन् ।
नयाँ वर्ष ०७८, जुडशीतल र रमजान पर्वको शुभअवसरमा जनकपुरधाम उपमहानगरपालिका– १७ कनकपट्टीमा आयोजित क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीले मुलुकको विकास कार्यलाई प्रभावित गरेको भन्दै ओलीलाई प्रतिगमनकारीको संज्ञा दिए ।
उनले नयाँ वर्षमा मुलुकले राजनीतिक निकास पाउने दाबीसमेत गरे । नयाँ वर्षमा नयाँ ऊर्जाका साथ प्रदेश र देश अगाडि बढ्ने मुख्यमन्त्री राउतले विश्वास व्यक्त गरे ।