मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
जुम्लाको तिला गाउँपालिका–७ गोठीगाउँमा गत १३ माघमा भएको भीषण आगलागीपछि खण्डहर बनेको गाउँ । ५५ घर रहेको यो गाउँका ३० घर जलेर नष्ट भएका थिए । तस्बिर : नयाँ पत्रिका
रमेश रावल वीरेन्द्रनगर
२०७८ बैशाख १ बुधबार १०:४७:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कर्णालीमा एक वर्षमा आगलागीबाट ११ को मृत्यु, १६ करोडकाे धनमाल जलेर नष्ट

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७८ बैशाख १ बुधबार १०:४७:००

कर्णालीमा एक वर्षको अवधिका आगलागीका घटनामा परेर ११ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष ०७७/०८८ को चैत मसान्तसम्मका कर्णालीका १० वटै जिल्लामा भएको आगलागीका घटनामा ११ जनाको ज्यान गएको हो । 

आगलागीबाट एक अर्ब ६४ करोड ५४ लाख बराबरको धनमाल क्षति भएको छ । आगलागीका घटनामा परी सबैभन्दा बढी मानवीय क्षति कालिकोटमा भएको छ । कालिकोटमा ६ जनाको मृत्यु भएको छ । सुर्खेतमा दुईजना, रुकुमपश्चिम, सल्यान, र मुगुमा एक–एकजनाको मृत्यु भएको छ । कर्णालीका १० वटा जिल्लामा चालू आर्थिक वर्षमा आगलागी घटनाबाट एक सय ११ घर पूर्ण रूपमा क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुई सय ३३ घरमा आंशिक क्षति भएको, १५ जना घाइते भएको र दुई सय १५ वटा पशुचौपायाको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

चालू आर्थिक वर्षको चैतसम्म सुर्खेतमा दुई करोड ५६ लाख १६ हजारबराबरको धनमाल क्षति भएको छ । दैलेखमा एक करोड ३५ लाख आठ हजार पाँच सय, जाजरकोटमा ८१ लाख ४६ हजार पाँच सय, सल्यानमा ४७ लाख ३८ हजार, रुकुमपश्चिममा ३३ लाख ९४ हजारबराबरको धनमाल क्षति भएको छ ।

यस्तै, कालिकोटमा ६५ लाख ७८ हजार, मुगुमा ३३ लाख ३५ हजार, डोल्पामा ११ लाख ७२ हजार र हुम्लामा ८७ लाख २१ हजारबराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीले जानकारी दिए । ‘यो वर्ष बाक्लो हिमपात र वर्षा नभएकाले आगलागीका घटना बढेका हुन्,’ एसएसपी ठकुरीले नयाँ पत्रिकासँग भने, ‘आगलागीका अधिकांश घटना मान्छेकै लापरबाहीका कारण भएको पाइएको छ ।’