१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १९:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देशले फेरि लकडाउन धान्न सक्दैन : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:२२:oo

कांग्रेसले देशले पुनः लकडाउनको अवस्था धान्न नसक्ने भन्दै आवश्यक तयारी थाल्न सरकारसँग माग गरेको छ । कोरोना भाइरसको संक्रमण भयावह हुन नदिनका लागि आवश्यक सबै तयारी गर्न कांग्रेसले ध्यानाकर्षण गराएको हो । 

कांग्रेसले कोभिड– १९ को रोकथाम र उपचारमा ‘कुरा मात्र गर्ने र काम नगर्ने’ प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । ‘देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दूरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछु,’ कांग्रेसका सहमहामन्त्री तथा कोभिड– १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले विज्ञप्तिमार्फत भनेका छन् । 
कांग्रेसले बिरामीहरूको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्री तत्काल आपूर्ति गर्न, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरू र सीमानाकाबाट आउनेहरूलाई व्यवस्थित जाँच र क्वारेन्टिन व्यवस्थालगायत कामहरू तत्काल गर्न सुझाएको छ ।

यस्तै, पिसिआर परीक्षणको दायरालाई व्यापक बनाउन, सबै जनतालाई कोभिड– १९ विरुद्धको खोप पु¥याउन, खोप आपूर्तिका लागि उच्च कूटनीतिक पहल गर्न, स्वास्थ्यकर्मीहरूको बिमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याउन पनि माग गरेको छ । डा. महतले कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजबुत गर्न माग गरेका छन् । 

‘स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन । यसले गर्दा स्वास्थ्यकर्मीहरूको मनोबल खस्किएको छ । बिमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् । साथै, अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरूको तत्काल व्यवस्था गरियोस्,’ डा. महतले विज्ञप्तिमार्फत भनेका छन् । 

कांग्रेसले पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्यसचिव पद रिक्त राखेको भन्दै भत्र्सना गरेको छ । तत्काल प्राविधिक स्वास्थ्यसचिवको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ । 
 

ad
ad