१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत २८ शनिबार
  • Saturday, 14 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७७ चैत २८ शनिबार १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार महासंघको मतपरिणाम : विपुल पोखरेलकाे नेतृत्व दुई हजार मतान्तरले अगाडि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ चैत २८ शनिबार १२:१८:oo

नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मतपरिणाम आइसकेको छ ।

रुकुम पूर्वबाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाका मतपरिणाम आउन बाँकी रहेको उनले जानकारी दिए ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मतपरिणामअनुसार, विपुल पोखरेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ ।

पोखरेल नेतृत्वको प्यानल अर्का प्रतिस्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानलभन्दा दुई हजारभन्दा बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए । पछिल्लो मतपरिणामअनुसार,पोखरेल नेतृत्वको समूहले पाँच हजार तीन सय मत र शर्मा नेतृत्वको समूहले तीन हजार मत ल्याएको सिलवालले जानकारी दिए । 

सिलवालले विद्युत् आपूर्तिमा समस्या आएकाले जाजरकोट, हुम्लालगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आइपुग्न कठिनाइ भएको बताए ।  मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।