१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मेगाका ग्राहकलाई टर्किस एयरलाइन्समा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:१५:oo

 टर्किस एयरलाइन्सले मेगा बैंक नेपाल लिमिटेडका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । छुट दिनेसम्बन्धी सम्झौतामा बैंककी नायब सिइओ रविना देशराज श्रेष्ठ र एयरलाइन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसिसीले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार, टर्किस एयरलाइन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र एक्स्ट्रा लगेजको सुविधा दिने जनाइएको छ । छुट टर्किस एयरलाइन्सको काठमाडौंबाट अमेरिका र युरोपियन देशमा हुने उडानमा लागू हुने बैंकले जनाएको छ । 

सम्झौताबाट बैंकका ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ । नवीन बैंकिङ सुविधाका साथसाथै बैंकले अस्पताल, रेस्टुरेन्ट, सपिङ मललगायतका दर्जनौँ विभिन्न सेवामूलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकहरूलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको जनाएको छ ।

ad
ad