Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २४ मंगलबार १४:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेको खनाल–नेपालनिकट युवा संघले देशभरका स्थानीय तहसम्मै युवा कमिटी बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २४ मंगलबार १४:५३:००

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपालनिकट युवा संघ नेपालले देशभरका स्थानीय तहसम्मै युवा कमिटी निर्माण गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष नरेश शाहीको अध्यक्षता र इन्चार्ज रघुजी पन्तको प्रमुख आतिथ्यतामा काभ्रेको धुलिखेलमा मंगलबार बसेको बैठकमा देशव्यापी युवा कमिटी गठन गरेर पार्टीलाई नयाँ ढंगले निर्माण गर्ने विषयमा छलफल भएको प्रवक्ता सञ्जीव राईले जानकारी दिए । 

बैठकमा पार्टीभित्रको चर्को आन्तरिक विवाद र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको उनले बताए । वर्तमान अवस्थामा युवाका समस्या, अवस्था र भविष्यका विषयमा पनि बैठकमा छलफल भएको थियो । 

‘वर्तमान अन्योलग्रस्त राजनीतिलाई चिरेर युवाहरूले कसरी प्रतिनिधित्व गर्ने, आमकार्यकर्ताहरूलाई सही राजनीतिक संस्कार नदिँदा उत्पन्न अराजकता र राजनीतिक वितृष्णालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भयो,’ राईले भने । पार्टीका वरिष्ठ नेताहरूलाई एकपक्षीय ढंगले गरेको कारबाही र पार्टीभित्र भ्रष्ट र अराजक तत्वको संरक्षणले पार्टी फुटको दिशामा गइरहेको निष्कर्ष बैठकको छ ।