१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्य बढ्यो    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:२६:oo

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२० रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १०३ रुपैयाँ पुगेको छ 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर  १०३ रुपैयाँ पुगेको छ ।    

नयाँ मूल्यसूची आइतबार मध्यराति १२ बजेदेखि लागू भएकोछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । 

निगमको आइबारको निर्णयअनुसार नै मूल्यवृद्धि गरिएको हो । पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ ।  

निगमका अनुसार मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ३९ पैसा, डिजेलमा एक रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रुपैयाँ ४७ पैसा घाटा भई करिब  ८८ करोड बराबरको घाटा हुने देखिन्छ । 

एलपी ग्यासबाट मात्रै निगमलाई १५ दिनमा  ६० करोड १३ लाख रुपैयाँ बराबरको घाटा भइरहेको छ । घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ । 

भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलमा ३० रुपैयाँ ४७ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ६३ पैसा नेपालतर्फ नै सस्तो छ ।     

 

ad
ad