१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत २२ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत २२ आइतबार १o:२२:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पत्रकार लक्ष्मण अधिकारीको कथासंग्रह ‘मार्फिन’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत २२ आइतबार १o:२२:oo

कथाकार लक्ष्मण अधिकारीको पहिलो साहित्यिक कृति ‘मार्फिन’ सार्वजनिक भएको छ । २१ वटा कथा संगृहीत यस संग्रहमा रहेका सबै कथा स्वास्थ्य विषयसँग मात्रै सम्बन्धित छन् ।

कथाकार अधिकारी करिब तीन दशकदेखि स्वास्थ्य क्षेत्रको खोजमूलक पत्रकारिता, पुस्तक लेखन र सम्पादनमा सक्रिय छन् । सम्भवतः नेपाली कथा साहित्यमा एउटै विषयमाथि लेखिएको यो संग्रह पहिलो भएको कथाकारको दाबी छ । सबै कथा डाक्टर, नर्स, अस्पताल, बिरामी, औषधिलगायत विषयसँग सम्बन्धित छन् । 

संग्रहमा रहेका कथाहरूले स्वास्थ्य क्षेत्रका विकृति, विसंगति, कमजोरी, बदमासी, दुर्बल तथा सबल पक्षहरूलाई रोचक शैलीमा देखाउन खोजेको छ ।

अनुसन्धानमूलक पत्रकारिता गरेका कथाकारले गहिरो अनुसन्धान गरेर नजिकबाट देखेका, भोगेका तथ्यहरूमा आधारित रहेर कथा लेखेका छन् । मञ्जरी प्रकाशनले प्रकाशित गरेको २२० पृष्ठको कथासंग्रह ‘मार्फिन’को मूल्य ३५० रुपैयाँ रहेको छ ।