मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २२ आइतबार ०९:३२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बलात्कार अभियोगमा सौतेलो बाबु पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २२ आइतबार ०९:३२:००

अपांगता भएकी बालिका बलात्कार भएको मुद्दामा अनुसन्धान हुँदै छ । आरोपित सौतेलो बाबु पक्राउ परेका छन् । अनुसन्धान सकिएपछि मात्र सबै कुरा टुंगो लाग्छ । - प्रज्वल महर्जन, प्रवक्ता, महानगरीय प्रहरी परिसर, ललितपुर 

तीन वर्षदेखि छोरी बलात्कारमा गरेको अभियोगमा सौतेलो बाबु पक्राउ परेका छन् । गत २७ फागुनमा श्रीमतीले दिएको जाहेरीका आधारमा उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो । अहिले उनी ललितपुर प्रहरी परिसरको हिरासत कक्षमा छन् । 

घटना सम्बन्धमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जनले बताए । ‘अपांगता भएकी बालिका बलात्कार भएको मुद्दामा अनुसन्धान हुँदै छ । आरोपित सौतेलो बाबु पक्राउ परेका छन् । अनुसन्धान सकिएपछि मात्र सबै कुरा टुंगो लाग्छ,’ उनले भने ।

छोरीले आमा समृद्धि शर्मा (परिवर्तित नाम) लाई पठाएको एसएमएसका आधारमा ती व्यक्तिको हर्कत खुलेको थियो । ‘छोरी शारीरिक रूपमा अशक्त छिन् । थाइराइडका कारण गोडा चल्दैन । नियमित औषधि खानुपर्छ । नानी सानो हुँदा मेरा श्रीमान्ले कहिल्यै वास्ता गरेनन् । तर, तीन–चार वर्षयता अस्वाभाविक माया देखाउँथे,’ समृद्धिले नयाँ पत्रिकासँग अपत्यारिलो लाग्ने दुःखको पोको फुकाइन्, ‘म दंग थिएँ । जब छोरीको एसएमएस पढेँ, छाँगाबाट झरेझैँ भएँ । तीन वर्षदेखि छोरीमाथि यस्तो कुकर्म गर्दै आएको रहेछ । मैले भेउसम्म पाउन सकिनँ । अहिले आफैँलाई धिक्कार्न मन लागेको छ ।’

१६ वर्षीय बालिका ललितपुरकै स्थानीय बोर्डिङ स्कुलमा पढ्छिन् । आमा समृद्धि ललितपुरमै कफीसप चलाउँछिन् । समृद्धिका अनुसार ५९ वर्षीय सौतेला बाबु बेरोजगार भएकाले सधैँ घरमा बस्थे । बालिकालाई स्कुल लैजाने र ल्याउने काम उनले नै गर्थे ।

समृद्धिले भनिन्, ‘छोरीलाई कहिले महँगो सामान किनेर दिन्थ्यो । कहिले जंकफुड किनेर खुवाउँथ्यो । कहिले पैसा दिने गथ्र्यो । छोरीलाई माया गर्न थालेको ठानेर म पनि खुसी थिएँ, तर यसभित्र लुकेको कुकर्म यस्तो रहेछ ।’ पिता ठानिएका व्यक्तिबाट लगातार बलात्कृत हुन बाध्य बालिकाले घटनाबारे कसैलाई बताउन सकिनन् । तर, उनका स्वभावमा परिवर्तन थिए । समृद्धि सम्झिन्छिन्, ‘यस्तो पीडा भोगिरहेकाले रहेछ, ऊ मसँग पनि स–सानो कुरामा झर्किन्थिन्, मेरो पीडा कसैले बुझेन भनेर रुन्थिन्, मर्न चाहन्छु भन्थिन्, मैले समयमै उनको पीडा बुझ्न सकिनछु ।’